जनकपुरमा शोक दिवस तथा मधेस पुनर्जागरण अभियान

न्युज टाइम्स टिभी डेस्क- जनकपुरधाम, ४ असोज २०८२, शनिवार
जनकपुर उच्च अदालत बार हलमा शुक्रबार शोक दिवस तथा मधेस पुनर्जागरण अभियान कार्यक्रम भएको छ।

कार्यक्रम अभियनता अङ्कित झाको नेतृत्वमा आयोजना गरिएको थियो भने सञ्चालन गंगा साह र श्याम साहले गरेका थिए। कार्यक्रममा युवाहरू र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

वक्ताहरू—डा. विजय सिंह, गुनजा राय, रोशन जनकपुरी, रोहित महतो, सन्तोष साह, नवीन साह, देवनारायण मण्डल र मनिका झालगायतले मधेसले कालो दिवस किन मनाइरहेको छ, सुशासन र लोकतान्त्रिक अखण्डता, समावेशी र उत्तरदायी नेतृत्व, सामाजिक न्याय र मानव विकास, पर्यावरणीय दिगोपन तथा राजनीतिमा युवाको हस्तान्तरण आवश्यकताबारे आफ्नो विचार व्यक्त गरेका थिए।

मधेस आन्दोलन र मधेसको मागको लागि जयान आहुती दिन सम्पुर्ण सहिदहरुको सपना सकार गर्न मधेसी समुदाय पुन शशक्त भइ अगाडि बढी मधेसलाई पुनजागरित गर्नु पर्ने निष्कर्ष सहित कार्यक्रम समापन गरिएको अभियनता अङ्कित झाले जानकारी दिए।

यससँगै, मधेशी वीर योद्धाहरूको लामो संघर्षपछि संविधानमा संघीयता र समावेशिता त समावेश भए पनि जनसंख्याको आधारमा प्रतिनिधित्व गर्ने मधेशी जनचाहना राज्यले अस्वीकार गर्दै दमनका बीच संविधान जारी गरेको कारण करिब ५२ प्रतिशत जनसंख्या भएको मधेसले त्यसबेला शोक मनाइरहेको अवस्थामा राज्यले उत्सव मनाएको स्मरण गर्दै असोज ३ गतेलाई वीर मधेशीहरूले कालो दिवसका रूपमा मनाउने गरिएको छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *