सन्तोष कुमार यादव
न्युज टाईम्स टिभी डेस्क,२०८१ फाल्गुन २९ गते बिहीवार
धनुषा जिल्लाको मुखियापट्टि मुसहरनिया गाउँपालिका कार्यालय तुलसियाही जब्दीको आयोजना र गाउँपालिका अध्यक्ष जयकुमार यादवको अध्यक्षतामा बुधबारका दिन होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।
हाम्रो पालिका विकासमा गति लिएको र आगामी दिनमा पनि निरन्तर रुपमा काम गर्ने गाउँपालिका अध्यक्ष यादवले प्रतिबद्धता दिए । साथै, शिक्षा स्वास्थ्य खेलकुद र पूर्वाधार विकासका कार्यमा सम्पूर्ण पालिकावासी सँग सहयोग सहकार्यको अपेक्षा राखेको र देश तथा विदेशमा रहेका युवा युवती सहित सम्पूर्ण गाउँपालिका आम जनताहरूमा उनले होलीको शुभकामना व्यक्त गरे ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष यादब, वडा अध्यक्ष कैलाश यादव, उदय चन्द्र झा, प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद शाह,लेखापाल हरिवंश यादव, स्वास्थ्य संयोजक राम पुकार दास , शिक्षा शाखा प्रमुख बैजनाथ यादव , योजना शाखा प्रमुख तप नारायण शाह लगायत शाखाका कर्मचारी, गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालय प्रधानाध्यापक ,शिक्षक शिक्षिका, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, समाजसेवी, बुद्धिजीवीरुको उपस्थिती रहेका थिए ।
समारोहमा स्थानीय जनसमुदायहरूको भारी सङ्ख्यामा उपस्थिति रहेको थयो।
