प्रदेश सांसद रामअशिष यादव द्वारा कनकपट्टीमा होली मिलन !!

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, २०८१ फागुन २३ गते, शुक्रबार
जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ सरस्वती बजार कनकपट्टीमा शुक्रबार आज होली मिलन समारहो आयोजना गरिएको छ।
समारहोको प्रमुख अतिथी जनता समाजवादी पार्टीको नेपालका समाजवादी नेता एवम् प्रदेश सांसद रामअशिष यादव रहेको भने अध्यक्षता अवकाश प्राप्त कर्मचारी समाज जनकपुरधाम- १७ का अध्यक्ष समाजसेवी रामलोचन यादव रहेको थियो।

बसन्त ऋतुको आगमन संग उत्साह र उमंगका साथ मनाइने लोक पर्व होली मधेशको समाजिक सांस्कृतिक महत्त्वपूर्ण पर्व रहेको र समाजिक सदभाव बढाउनमा होली पर्व समाजमा विशेष महत्त्व रहेको होलि मिलन समारहोलाई सम्बोधन गर्ने क्रममा उनले भने।

समारहोमा शिक्षा क्षेत्रका धरोहर डा. सोनफी यादव,कृषि विज्ञ जामुन प्रसाद साह,राष्ट्रिय समाचार समितिका पुर्व महाप्रबन्धक जयशंकर महतो, समाजका सचिव काशी यादव, पुर्व प्राधानाध्यापक श्याम पंजियार,समाजका अगुवा तेजनारायण यादव सहितका वक्ताहरूले होली पर्वको महत्त्व माथि प्रकाश पारेका थिए।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *