भाग चरण यादव
न्युज टाईम्स टिभी डेस्क,जनकपुरधाम,२४ वैशाख २०८२, बुधवार —
जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरधाम उप-महानगरपालिका वडा नम्बर १४ मा सोमबार वडास्तरीय अधिवेशन सम्पन्न भएको छ। अधिवेशन वडाको मुजेलियामा आयोजित सक्रिय तथा क्रियाशील सदस्यहरुको भेलाबाट सम्पन्न भएको हो।
अधिवेशनले १५ सदस्यीय नयाँ वडा समिति सर्वसम्मत रुपमा चयन गरेको छ। जसमा मदन राउत वडा अध्यक्ष चयन भएका छन् भने बिन्देशर यादव र हरेराम साह उपाध्यक्ष बनेका छन्। भागचरण यादव सचिव, दिपक यादव सह–सचिव र सोनी केसरी कोषाध्यक्षमा चयन भएका छन्।
त्यस्तै, सदस्यहरुमा बेचन ठाकुर, जय नारायण गिरी, किसन यादव, कौशल्या देवी, फिरोजा खातुन, आगौर देवी सादा, भोला यादव र राकेश यादव चयन भएका छन्।
वडाअधिवेशन जसपा नेपालका केन्द्रिय सदस्य महाजन यादव र नगर अध्यक्ष विष्णु देव साहको अध्यक्षतामा सम्पन्न भएको हो। अधिवेशनमा पार्टीका क्रियाशील, सक्रिय तथा साधारण सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो।