जनमत पार्टीमा एक्ल तानाशही र नातावाद कृपावादको कारण केन्द्रीय स्तरसहित दुई दर्जन नेताहरूले दिए राजीनामा !!

अनिल निरौला
न्युज टाईम्स टिभि डेस्क, काठमाडौँ, ०८१ असोज १६ गते

जनमत पार्टी भित्र जातीवाद, परिवारवाद, र चापलुसी हाबी भएको आरोप लगाउँदै पार्टीका ५ जना केन्द्रीय सदस्य सहित २१ जना नेताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेको छ ।

राजीनामा दिने नेताहरूले पार्टी नेतृत्व प्रति असन्तुष्टि जनाउँदै पार्टी भित्र निष्पक्षता सहित लोकतान्त्रिक अभ्यासको अभाव भएको, उनीहरूको नेतृत्वले आन्तरिक निर्णय प्रक्रियामा जातीवाद सहित परिवारवादलाई प्राथमिकता दिएको र योग्य नेताहरूलाई चापलुसीको आधारमा बेवास्ता गरेको पत्रकार सम्मेलन मार्फत आरोप लगाएका छन् ।

राजीनामा दिने नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “जनमत पार्टीले जनताको हित र समानताका लागि संघर्ष गर्ने उद्देश्य राखेको भए पनि हाल पार्टीमा जादिवाद र परिवारवादको संस्कृति बढ्दै गएको छ। हामीले पटक-पटक सुधारको माग गर्दा पनि नेतृत्वले सुनुवाइ नगरेपछि बाध्य भएर राजीनामा दिनु परेको हो।” उनीहरुले उल्लेख गरे।

राजिनामा दिनेहरुमा सो पार्टीका केन्द्रिय सदस्य, दिपेन्द्र मधेसी, कार्यकारिणी सदस्य सजय स्वराजी,जि स सतोष यादव, इन्द्र राज प्रसाद सिंह उर्फ गुडमौनिङ लगायत दर्जनौ नेता तथा कार्यकर्ताहरुले साधारण सदस्य समेत नरहने पत्रकार सम्मेलन गरि पार्टी छोडेका छन् । राजीनामा दिने समूहले भविष्यमा नयाँ राजनीतिक कदम चाल्न सक्ने संकेत पनि गरेको हो ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *