वीरेन्द्र कुमार पासमान
न्युज टाईम्स टिभी डेस्क, १७ असोज २०८१, बिहीबार
नगराईन नगरपालिका वडा-६ लगमा (पछवारी टोल) मा बोैधी माई पूजाको शुभ कलश यात्रामा सधालु भगतजनको हजारौको संख्यामा सहभागी रहेको थियो।
समितीमा मेला समितिको पुर्ब अध्यक्ष चन्दर दास, अध्यक्ष हरि दास, कोषाध्यक्ष राम सुवेदी दास, मिन्ति देवी दास, उपाध्यक्ष महाजन दास, सचिव दिनेश दास, विशिष्ट सल्लाहकार महावीर दास, राम बाबू दास, राज कुमार दास, राम नन्दन दास, लक्ष्ण दास, सदस्यमा मन्टुट देवी दास, बविता देवी दास रहेको छ। सही मेला दस दिन सम्म लाग्नेछ ।
बोैधि माईको पुजा नेपाल र भारतमा धुमधाम संग गरिन्छ । सोही बोैधी माईको पुजा अाजा गरेमा महिलाहरुको मनकामना प्राप्ति हुन्छ स्थानिएहरुको भनाई रहेको छ। प्रतेक दिन साजमा महिला भगत जन हरुले देवीको झिझिया खेलेर उत्सव मनाइन्छ ।
यदपि, बोैधी माईको धेरै जस्तो मन्दिरमा बलि प्रथा प्रदान गरेको देखिन्छन् तर अहिले सम्म लगमा पछवारी टोलमा बलि प्रथा नगरेको मन्दिरको पुजारी विजय कुमार दासले बताएको छ।