न्युज टाइम्स टेलिभिजन, जनकपुरधाम । सर्वोदय माध्यमिक विद्यालय का प्राथमिक द्वितीय श्रेणीका शिक्षक चन्देश्वर साह ३७ वर्ष लामो शिक्षण सेवा पूरा गरी अनिवार्य अवकाश हुनुभएको अवसरमा बिदाइ तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ। विद्यालयले उहाँको निष्ठा, लगनशीलता तथा इमान्दारितापूर्ण योगदानको उच्च कदर गर्दै विशेष सम्मानसहित कदर पत्र प्रदान गरेको जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन यादव तथा प्रधानाध्यापक गणेश साहले उहाँको अवकाशपछिको जीवन सुखमय, स्वस्थ, समृद्ध एवं सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो। साथै, उहाँको स्मरणीय क्षण, विद्यालयप्रतिको योगदान तथा विद्यालयमा पुर्याउनुभएको सहयोगको सधैं कमी महसुस हुने बताउनुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, विद्यार्थी लगायतले गिफ्ट, माला तथा गम्छा ओढाएर उहाँलाई सम्मान गरेका थिए।
उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन यादवले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक कृष्ण चन्द्र यादवले गर्नुभएको थियो।

