सार्वजनिक सडक खाली गर्न वडा अध्यक्ष शंकर प्रसाद साहको सात दिने अल्टिमेटम !

धनुषा — औरही गाउँपालिका वडा नं. ६, चक्कर धनुषाले सडक तथा सार्वजनिक स्थानमा राखिएका गाई, भैँसी, बाख्रा तथा बालुवा, गिट्टी लगायतका सामग्री हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ। वडा कार्यालयले जारी गरेको सूचनामा आजको मितिबाट एक साताभित्र सम्पूर्ण सडक क्षेत्र खाली गर्न निर्देशन दिइएको हो।

वडा अध्यक्ष शंकर प्रसाद साहद्वारा जारी सूचनामा वडा भित्रका सडक तथा सार्वजनिक स्थानमा अनियन्त्रित रूपमा राखिएका पशु चौपाया र निर्माण सामग्रीका कारण आवतजावतमा समस्या हुनुका साथै सरसफाइमा असर परेको उल्लेख गरिएको छ। त्यसैले निर्धारित समयभित्र यस्ता सामग्री हटाउन अनुरोध गरिएको हो।

सूचनामा तोकिएको समयभित्र सामग्री नहटाएमा त्यसबाट हुने क्षति तथा नोक्सानीको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ। साथै आवश्यक परे वडा कार्यालयले सरसफाइ अभियान सञ्चालन गरी सामग्री हटाउने कार्य समेत गर्न सक्ने जनाएको छ।

वडा कार्यालयले सबै स्थानीयवासीलाई सार्वजनिक स्थान स्वच्छ र व्यवस्थित बनाउन सहयोग गर्न आग्रह गरेको छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *