न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्था निवासी हिमांशु कर्ण सडक दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । उनको दाहिने कानको तलपट्टीको भागमा हड्डी फ्र्याक्चर भएको र तत्काल शल्यक्रिया (अपरेशन) गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
गत शनिबार दिउँसो १२:२० बजे जनकपुरको मुजेलियास्थित खाद्य संस्थान र भाटभटेनीको बीचमा भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । हाल उनको उपचार काठमाडौँस्थित KMC अस्पतालमा भइरहेको छ ।
आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको हुँदा मानविय सहयोगका लागि सबैमा हार्दिक अपिल गर्दछौँ । सानो सहयोगले पनि उनको जीवन बचाउन ठूलो मद्दत पुग्नेछ ।
