न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम,२५ माघ २०८१, शुक्रवार
धनुषाको औरही गाउँपालिका देउरी परवाहा द्वारा तीन दिने निःशुल्क आँखा जाँच तथा उपचार शिविरको आज शुक्रबारबाट सुरु भएको छ । सो शिविर १० बजे देखी ४ बजे सम्म संचालन रहने छ।
शिविर २०८१ माघ २५ गते शुक्रवार पौडेश्वर स्वास्थ्य चौकी-१ भएको भने माघ २६ गते शनिवार अद्यारभुत स्वास्थ्य सेवा केन्द्र, औरही-४ र माघ २७ गते आइतवार चक्कर स्वास्थ्य चौकी-६ हुने छन् ।
धनी मान्छे जनकपुरमा गएर चेकजाँच गराई हाल्छ तर गरिब/दलितहरुलाई पैसाको अभावाले चेकजाँच गराउनमा कठिनाइ भइरहेको अवगत रहेकोले यो आँखाको शिविर गाउँ-समाजमा राखेको हुदा कोही पनि बन्चित नरहोस्, सबैजनाले चेकजाँच गराओस्, अपरेशन गर्नुपरेमा जनकपुरमा फ्रीमा अपरेशन हुने र ३ वटै शिविरको स्थानमा औरही गाउँपालिका भरीका वासिन्दाहरु चेकजाँच गराउने गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साहले बताए ।
शिविरमा निःशुल्क आँखा रोग सम्बन्धी बिरामीहरुको जाँच तथा उपचार, निःशुल्क आँखा बिरामीहरुको लागि औषधी वितरण, निःशुल्क मोतियाविन्दु को शल्यक्रिया सेवाहरू उपलब्ध गरिएका छन् ।
आँखा रोग सम्बन्धी बिरामीहरुको चेकजाँच तथा उपचार सो शिविरमा डा. रंजना ठाकुर नेत्र रोग विशेषज्ञ र डा. सुभाष यादव दृष्टि विशेषज्ञ डाक्टरले गरिरहेको हुन् ।