दिपेश कुमार शाह
लेख रचना
मानिसको जीवनमा रंगको ठूलो महत्व छ, जीवन नै रंगीन छ । बेरंग जीवन अर्थात् रंगबिनाको जीवन मानिसले सहजपूर्वक जिउन सक्दैन । जीवनमा रंग भएन भने मानिसको मन उदास, निराश र बेचैन हुन्छ । दिउ”सै चारैतिर निस्पट्ट अ”ध्यारो देख्छ । उसको आशा मर्छ, विश्वास मर्छ, चाहना मर्छ । उसलाई कुनै कुराप्रति पनि रमाइलो लाग्दैन ।
तर, जीवन रंगिन भयो भने मानिसको मन खुसी हुन्छ । प्रसन्न हुन्छ, दुःखमा पनि सुखको आशा गर्छ । अँध्यारोपछिको उज्यालोको पर्खाइमा हुन्छ । कालो बादलमा पनि चाँदीको घेरा देख्छ । त्यसैले मनोवैज्ञानिकरूपमा पनि मानिसको जीवनमा रंगको ठूलो महव छ । होलीमा थरिथरिका रंग खेल्नुको मनोवैज्ञानिक कारण पनि जीवनलाई रंगिन बनाउनु हो ।
जीवनमा रंगको यही महत्वलाई हृदयंगम गरेर नै हाम्रा पूर्वजले यस्ता चाडपर्व, जात्रा तथा उत्सव मनाउन सुरु गरेका हुन् ।हुन त समयसँगै जीवनमा रंग छर्ने थरिथरिका माध्यम थपिएका छन् । हिजोआज जीवनलाई रंगिन बनाउने अनेक माध्यम छन् । कोही फुटबल तथा क्रिकेटजस्ता खेल खेलेर तथा हेरेर रमाइलो मनाइरहेका हुन्छन् ।
कोही फिल्म हेरेर, संगीत सुनेर, कोही दोहोरी गाएर, कोही भोजभतेर गरेर, कोही होलीजस्ता चाडपर्व मनाएर, कोही मेला र जात्रा सजाएर त कोही मायाप्रिती गा”सेर जीवनमा रंग छर्ने कार्य गरिरहेका हुन्छन् । यस्ता रंगगि उत्सवले सामाजिक तथा मनोवैज्ञानिक महव राख्छ । वास्तवमा यस्ता उत्सवहरुले मानिसको उत्साह बढाउ”छ, दुःख पीडा, कुण्ठा तथा निराशाहरुलाई हटाउ”छ । जीवनको अँध्यारोमा उज्यालोको रंग भर्ने काम गर्छ ।
