न्युज टाईम्स टिभी डेस्क – धनुषा, १ फागुन २०८२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)ले प्रतिनिधि सभाको निर्वाचन लक्षित गर्दै गठन गरेको संघीय निर्वाचन परिचालन जिल्ला समिति–२०८२ अन्तर्गत धनुषाका चारवटै निर्वाचन क्षेत्रमा कमान्ड गर्ने गरी सुन्देश्वर यादवलाई उप–संयोजकमा मनोनयन गरेको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा स्पष्ट दुईतिहाइ मत हासिल गर्ने लक्ष्यसहित जिम्मेवारी बाँडफाँट गरिएको जनाइएको छ। उप–संयोजक यादवले चारवटै क्षेत्रमा निर्वाचन परिचालन गतिविधि समन्वय र सञ्चालन गर्नेछ।
समितिका संयोजक जितेन्द्र महासेठले निर्वाचन गतिविधिलाई प्रभावकारी र व्यवस्थित बनाउन सबै पदाधिकारीलाई सक्रिय रूपमा जुट्न आग्रह गरेका छन्।
