१५ सैयाँ अस्पताल मुद्दामा पूर्व अध्यक्ष ब्रह्मदेव यादवसहित सबै वडा अध्यक्षलाई सफाइ !

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम । औरही गाउँपालिका–२ स्थित पन्ध्र सैयाँ अस्पतालसम्बन्धी भ्रष्टाचार (हानी–नोक्सानी) मुद्दामा विशेष अदालतले निवर्तमान गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादवसहित सबै वडा अध्यक्षलाई सफाइ दिएको छ।

विशेष अदालतको इजलास नं. १ बाट अधिकृत सागर भण्डारीले आइतबार आज मिती २०८२ माघ २५ गते फैसला सुनाउँदै आरोपितहरूलाई सफाइ दिएका हुन्। उक्त मुद्दा २०८२ साल जेठ २७ गते विशेष अदालतमा दर्ता गरिएको थियो।

मुद्दा नं. 081-CR-0121 अन्तर्गत तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोध कुमार ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको थियो। अदालतले प्रमाण नपुगेको ठहर गर्दै सबै आरोपितलाई सफाइ दिएको जनाएको छ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *