न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम । एकीकृत समुदायिक विकास परियोजनाअन्तर्गत सामाजिक परीक्षण कार्यक्रम २०८२ बुधबार सफलतापूर्वक सम्पन्न भएको छ। डिसेम्बर महिनाको अन्त्यमा आयोजना गरिएको यस कार्यक्रममार्फत परियोजनाअन्तर्गत वर्षभरि गरिएका कार्य, उपलब्धि, सिकाइ, चुनौती तथा आगामी सन् २०२६ मा गरिने योजनाबारे समिक्षा गर्ने उद्देश्य राखिएको थियो।
यो परियोजना आसमान नेपालद्वारा धनुषा जिल्लाका मिथिला बिहारी नगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकामा सञ्चालन हुँदै आएको छ। परियोजनाको आर्थिक सहयोग गुड नेबर इन्टरनेशनल नेपालले प्रदान गरेको हो।
कार्यक्रममा दुवै पालिकाले आ–आफ्नो प्रस्तुतीकरणमार्फत यस वर्ष सम्पन्न गतिविधि, प्राप्त उपलब्धि, देखिएका अन्तर (ग्याप), राम्रा तथा सुधार गर्नुपर्ने पक्ष, सिकाई,उत्कृष्ट अभ्यास, सामना गर्नुपरेका चुनौती, खर्च तथा बजेटको अवस्था, सन् २०२५ मा गरिएका काम र सन् २०२६ का लागि तय गरिएका आगामी योजनाबारे विस्तृत छलफल गरेका थिए। साथै, परियोजनामा आसमान नेपालले फण्डिङको गरेको र परियोजनाको नेतृत्व सम्बन्धित पालिकाले नै गरेको परियोजना संयोजक उमेश मण्डल जानकारी दिइयो।
कार्यक्रममा मिथिला बिहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादव, उप–मेयर शोभा देवी साह, प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र न्योपाने, शिक्षा शाखा प्रमुख रिमा झा, कार्यपालिका सदस्य राजे झा, सामाजिक शाखा प्रमुख बिना सिंहलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, उपाध्यक्ष सैदा खातुन, वडा अध्यक्षहरू कैलाश यादव र राम सागर महतो, महिला तथा बालबालिका शाखा प्रमुख सरिता साह, निमित प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुर, स्वास्थ्य शाखा प्रमुख शम्भु महतो, सहभागिता रहेको थियो।
कार्यक्रममा कार्यसमिति कोषाध्यक्ष रेखा यादव, परियोजना संयोजक उमेश मण्डल, जनस्वास्थ्य अधिकृत कृष्णदेव यादव, परियोजना अधिकृत चेतन थापा, एडमिन तथा फाइनान्स अधिकृत मनिष श्रेष्ठ लगायत अन्य विषयगत कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। उक्त कार्यक्रम जनकपुरधाम स्थित मसला कटैजमा भएको थियो।
