न्युज टाइम्स डेस्क, जनकपुरधाम – २०८२ मंसिर ६, शनिबार
जनकपुरधाम उपमहानगरपालिका–१९ अन्तर्गत पुलचोक गढिमाई टोलमा गढिमाई टोल सुधार समिति गठन गरिएको छ। टोलवासीहरूको सक्रिय सहभागिता तथा वडा अध्यक्ष बिनोद कुमार साहको अध्यक्षतामा बसेको बैठकबाट समितिको गठन गरिएको हो।
टोलभेलाले सामाजिक, भौतिक, वातावरणीय, शैक्षिक तथा समग्र विकास गतिविधिलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित ११ सदस्यीय कार्यसमिति र ११ सदस्यीय सल्लाकार समिति गठन गर्ने निर्णय गरेको छ। सो अवसरमा समितिको सञ्चालन कानुनी कार्यविधि बिनोद महराद्वारा तयार पारिएको र बैठकले सर्वसम्मतिले पारित गरेको थियो।
कार्यसमितीमा अध्यक्ष भगवान दत् साह, उपाध्यक्ष बिनय सिंह, सचिब सत्रुधन मुखिया, कोषाध्यक्ष ममता देवी शर्मा, सह-सचिव राजन सिंह, सदस्य सुनिता देवी यादव, सदस्य, फुल कुमारी साह, सदस्य संजय सह, सदस्य राम कुमारी साह, सदस्य राम बाबु राम, सदस्य बिनोद महरा रहेको र सदस्यीय सल्लाकार समितिमा संयोजक देव नारायण साह, सदस्य राम अबतार पासवान, सदस्य उमेश यादव, सदस्य कामेश्वर रजक, सदस्य जित नारायण यादव, सदस्य सतरुधन साह, सदस्य बिष्णुकान्त झा, सदस्य राजकिशोर साह शिव कुमार यादव, सदस्य राम दिनेश चौधरी, सदस्य मदन कुमार झा रहेका छन्।
नवगठित समितिका अध्यक्ष भगवान दत्त साहले अघिल्ला वर्षहरूमा पनि टोलका अनेक समस्या सहकार्यकै माध्यमबाट समाधान हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पानी निकास, नाला तथा सडक व्यवस्थापन, सडक अतिक्रमण न्यूनीकरण, फोहर व्यवस्थापन र लाम्खुटे नियन्त्रण, साथै लागुऔषधको लतमा परेका युवाको सुधार जस्ता विषयमा योजनाबद्ध रूपमा काम गर्ने प्रतिवद्धता जनाए।
समिति गठनलगत्तै वडा अध्यक्ष बिनोद कुमार साहले टोलवासीलाई ३–४ दिनभित्र डस्टबिन वितरण गर्ने घोषणा गरेका छन्। उनले टोलभित्र पानी निकास व्यवस्थापन पनि छिट्टै सञ्चालन गरिने बताए।
