चित्रपुरमा सात महिनाको गर्भवती अंशुको संकास्पद मृत्यु, ससुराली पक्षले हत्या गरेको माइती पक्षको आरोप !!

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, १७ असोज २०८२, शुक्रवार
धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा सात महिनाको गर्भवती समेत रहेकी २३ वर्षीया अंशु कुमारी महतोको संकास्पद मृत्यु भएको छ। मृतककी माइती पक्षले अंशुको हत्या ससुराली पक्षले गरेको आरोप लगाएका छन्।

घटना असोज १३ गते सोमबार साँझ ५ बजेदेखि ६ बजेको बीचमा भएको हो। मृतककी बहिनी आकृती कुमारी महतोले पनि घटनालाई संकास्पद बताउँदै मृत्यु पश्चात पोस्टमार्टम नगर्नु, प्रहरीलाई तत्काल जानकारी नगराउनु, शरीरमा झुण्डिएको प्रष्ट चिन्ह नदेखिनु र घाटीमा औलाको दाग देखिनु जस्ता कारणले शंका उत्पन्न भएको बताइन्। साथै, अंशु घटनाको दिन आमासँग १० बजे, दिदीसँग १ बजे र हामी सँग ३ बजे कुरा भएको हुँदा केही घण्टामै यस्तो घटना हुनु अस्वाभाविक रहेको उनको भनाइ छ।

मृतककी श्रीमान् शिव कुमार महतोले भने घटनापश्चात परिवारले जानकारी नदिएको गल्ती भएको स्वीकार गर्दै विश्वास कायम गर्न नसकेको बताए। मृतकको देवर राकेशले घटनाबारे स्मरण गर्दै भने साँझ करिब ६ बजे उनी घर फर्किए र केही समयपछि आमा खेतबाट घर आइन्। आमा घरभित्र जाँदा भाउजू अंशु झुण्डिएको अवस्थामा देखेर चिच्याइरहेकी थिइन्। त्यो आवाज सुनेर र हेर्दा आफू ढोका तोडेर भित्र प्रवेश गरेको उनले बताए। भित्र पस्दा भाउजु अंशु झुण्डिए र हात मोडिरहेको अवस्थामा थिइन्। त्यो आवाज सुनेर मेरो श्रीमती पनी आइन “मैले खुट्टा समातेँ र आमाले अंशुको घाँटीमा लागेको खोल्नु भयो,
। त्यस पक्षात दाजुलाई खोजन बटेश्वर बजार गए, बजारमा गौशालाबाला भेटियो , उनलाई भने, उनले एम्बुलेन्सलाई बोलायो, म घर फर्किए, र दाजु पनि त्यही समयमा घर पुग्नु भो। सोही क्रममा घटना स्थलामै भाउजुको मृत्यु भएको उनले बताए।
त्यस्तै, उनका बुबा राम दुलार महतो र भाई राकेश कुमार महतोले समेत घटनाको कारणबारे स्पष्ट जानकारी नभएको बताएका छन्।

मृतककी मामा जगदीश महतोले अंशुको घर र आफ्नो घर बीच १/१.५ किलोमिटर मात्र दूरी रहे पनि घटनाबारे समयमै जानकारी नदिएको भन्दै आरोप लगाए।

समाजसेवी जुगल महतोले घटनाबारे स्थानीय सरकार, प्रहरी प्रशासनलाई तत्काल जानकारी नगरिनु नै थप शंका उब्जाएको भन्दै निष्पक्ष छानबिन गर्न जोडदार माग गरेका छन्। मृतककी दिदी र भिनाजुले समेत सम्बन्धित निकायलाई निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेका छन्।

मृतककी आमा बिना कुमारी देवी महतोले छोरी आत्महत्या गर्न सक्ने हैसियतमा नरहेको र हत्या गरिएको दाबी गरेकी छिन्। उनका अनुसार अंशुलाई पढाइ–परिक्षाको लागि पैसा माग्दा दिएको र पसल खोल्न समेत पैसा माग गरिरहेको भए पनि घरपक्षबाट विभिन्न दबाब र यातना दिइएको थियो।

अंशुको माइती घर क्षिरेश्वरनाथ नगरपालिका–९ इच्छापुरमा अवस्थित रहेको छ। यदपि, हालसम्म घटनाको वास्तविक कारणबारे यकिन हुन सकेको छैन।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *