राम जानकी युवा कमिटी अध्यक्ष धर्मेन्द्र कुमार साहको चंदा आतंक, वडा अध्यक्ष साहलाई ज्यान मार्ने दिए धम्की !!

न्युज टाईम्स टिभी डेस्क, १६ कार्तिक २०८१, शुक्रवार

जनकपुरधाम उपमहानगरपालिका स्थित रहेको राम जानकी युवा कमिटी अध्यक्ष धर्मेन्द्र कुमार साहले ६ नं. वडाको वडा अध्यक्ष दिनेश प्रसाद साहलाई ज्यान मार्ने धम्की दिएको छ। 

घटना कसरी भयो ? … वडा अध्यक्ष साहका अनुसार, पेठिया बजार ठेक्का लगायतको विषयलाई लिएर मसँग पटक पटक वडा कार्यालयमा आई विवाद सुजना गरी ज्यान मार्ने धाक धम्की दिई रहेकोमा सहेर बसी आएकोल अवस्थामा  रहेको थियो । २०८१ कार्तिक १४ गते बिहानै ७३० बजे पेठिया बजारमा सरसफाई र लाईटको व्यवस्था मिलाइ रहेको हुदा एक्कासी म कहाँ आइ  १५ वटा लाईट दिनु भन्दा मैले उनलाई भने तपाई ७ नं. वडाका बासिन्दा रहनु भएको र जहाँ भए पनि निजी रुपैया तपाईलाई दिन्न सक्दीन भनी जवाफ दिदा उनी रिस गरी पेठिया बजार जस्तो ठाउँमा एउटा जन प्रतिनिधिलाई जयाभावी किसिमबाट गाली गलौज गरी मेरो सर्टको कालर समाती हातपात समेत गरी रहिरहेको  अवस्थामा स्थानीयहरु घटना स्थलमा आई हस्तक्षेप गर्दा उनी भागी गएबाट मेरो ज्यान जोगिन गएको थियो उनले भने । तर, उनले मलाई पटक पटक मोबाईलमा फोन गरी ज्यानै लिने धम्की दिँदै आएको अवस्था र कियाकालाप व्यवहारबाट मेरी जीज ज्यान समेतको खतरा रहेको वडा अध्यक्ष साहले जानकारी दिए । साथै, धर्मेन्द्र कुमार साह राम जानकी युवा कमिटीको अध्यक्ष बने संगै जनकपुरमा चंदा चन्दा आतंक मचाइरहेको उनले आरोप समेत लगाए ।

एउटा जननिर्वाचित बडा अध्यक्ष एवं प्रतिनिधिलाई पेठिया बजार जस्तो सार्वजनिक स्थलमा गाली बेइज्जती हातपात गर्नु अपराधिक कार्य भई उल्लेखित कार्य प्रचलित मुलकी प्रराव संहिता, २०७४ को दफा ११८ (१) से परिभाषित अभद्र व्यवहार सम्बन्धी कसूर अपराध गरेको हुँदा उल्लेखित अपराधकर्मीलाई पकाउ गरी है संहिताको दफा ११८ (२) बमोजिम हदै सम्मको दण्ड सजाय गरी उचित क्षतिपूर्ति भराई जीऊ ज्यान समेतको सुरक्षा गरी पाउँ भन्दै वडा अध्यक्ष दिनेश प्रसाद साहले अभद्र व्यवहार सम्बन्धी कसूरमा राम जानकी युवा कमिटी अध्यक्ष  धर्मेन्द्र कुमार साह माथि जिल्ला प्रहरी कार्यालय धनुषामा  मुद्दा दायर गराएको  छ । 

यता, राम जानकी युवा कमिटीको अध्यक्ष धर्मेन्द्र कुमार साह सँग प्रतिक्रिया लिदा उनले भने विगतका केही दिनदेखि पेठिया बजारको फोहोर व्यवस्थापन नभएको र साथै लाइटहरूको कारण चोरीको बिगबिगी बढ्दै आएको कारणले गर्दा उनीसँग आफ्नो समस्या राख्दा उनले पनि मलाई गाली गरेको अवस्थामा मैले पनि गाली गरेको हुदा म आफ्नो गल्ती स्वीकार समेत गर्छु उनले बताए ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *