सिरहा ।
सिरहा एसईई परीक्षा अन्गर्त आइतबार भएको अनिवार्य गणित विषयको पश्न पत्र आउट गर्ने एकजना पक्राउ परेका छन । सिरहा जिल्लाको सुखिपुर स्थित वडा नं. ७ मा श्री रजै मा.वि. वलही परिक्षा केन्द्रमा अनिवार्य गणित विषयको प्रनोशत्तर आउट गरेको भन्दै गोलबजार नगरपालिका वडा नं. १३ का अन्दाजी वर्ष १८ को पप्पु कुमार सिंहलाई पक्राउ गरेका छन ।
परिक्षा केन्द्र बाहिर कबिता फोटो स्टुडियोमा गई सिंहले प्रश्न पत्रको उत्तर लेखि ३० प्रति फोटोकापी समेत गरी प्रश्न पत्रको गोपनियता भंंग गरेकोले पक्राउ गरेका छन ।
विशेष सूचनाको आधारमा सुरक्षा गार्डमा खटिएका एक प्रहरीले उनलाई नियन्त्रणमा लिई ई.प्र.का. महेशपुरपतार सिरहामा ल्याएको हो । जिल्ला प्रशासन कार्यालय सिरहाबाट अनुगमनका लागि खटिएका अनुगमन टोलीले विभिन्न परिक्षा केन्द्रहरुबाट १३१ वटा मोवाइर र १८ थान स्मार्ट वाच समेत जफल गरी थप अनुसन्धन कार्य भईरहेको जनाएका जिल्ला प्रहरी कार्यालयले जनाएका छन ।