बहुउद्देश्य व्यवसायिक प्रशिक्षण केन्द्र स्थापनाको बलवा नगरपालिकामा प्रक्रिया प्रारम्भ !!

न्युज टाईम्स डेस्क, महोत्तरी, २०८१ फाल्गुन २२ गते, बिहीबार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले महोत्तरी जिल्लाको बलमा नगरपालिकामा बहुउद्देश्य व्यवसायिक प्रशिक्षण केन्द्र स्थापनाको प्रक्रिया प्रारम्भ भएको छ। साथै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीति निर्देशनमा रही प्रतिष्ठानले सातौं प्रदेशमा व्यवसायिक प्रशिक्षण केन्द्रहरू प्राथमिकता साथ विस्तार गर्ने लक्ष्य राखेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिष्ठानको जग्गा तथा भवन व्यवस्थापनका लागि नयाँ संरचनाहरू निर्माण गरिनेछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिष्ठानलाई प्रभावकारी बनाउन रणनीतिक साझेदारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय बढाउने योजना बनाएको छ।

साउदी सरकारबाट बहुउद्देश्य पोलो टेक्निकल इन्स्टिच्युट व्यवसायिक प्रशिक्षण केन्द्र स्थापनाका लागि प्रारम्भिक पूर्वाधार निर्माण गर्ने १० लाख अमेरिकी डलर आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO)नेपालको प्राविधिक सहयोगमा महोत्तरी जिल्लाको बलवा नगरपालिकामा बहुउउद्देशीय व्यावसायिक प्रशिक्षण केन्द्र प्रशिक्षण केन्द्र स्थापना प्रक्रिया प्रारम्भ भएको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८१ फागुन ६ गते को नियमअनुसार २०८१ फागुन २० गते भूमि सुधार तथा मालपोत कार्यालय जलेश्वर महोत्तरी र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौता हस्ताक्षर भई व्यवसायिक प्रशिक्षण केन्द्र बलवाको भवन निर्माण श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नाममा सरकारी जग्गा प्राप्त भएको साथै प्रतिष्ठानलाई आधुनिक प्रविधिमैत्री बनाउँदै तालिम कार्यक्रमहरूलाई दक्ष जनशक्ति उत्पादनमा केन्द्रित गर्ने राष्ट्रिय व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश कुमार बखतीले बताए।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *