न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, ७ फागुन २०८१, बुधवार
धनुषाको औरही गाउँपालिका वडा नम्बर ६ बस्ने अबध लाल पण्डितको १६ बर्षको छोरा माया शंकर पण्डित केही दिन देखी हराइरहेको थियो ।
धनुषा जिल्ला प्रहरी कार्यालयकाको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उनले उजुरी दिएका थिए । धनुषा प्रहरीले फलगुन ४ गते खोजतलास गरि युवा पण्डितलाई अभिभावकको जिम्मा लगाई दिएको हो ।
यता, १६ बर्ष उमेर भएको माया शंकर पण्डितलाई सोही गाउँपालिका वडा नं : ५ बस्ने स्वर्गीय सुखदेव मण्डलको छोरी २० बर्षकी अम्बिका कुमारी मण्डलले के-किन कुन उदेश्यले केही दिन देखी अपहरण गरि बन्धक बनाएको उनको परिवारजनले आरोप लगाए छ । उनीलाई ९८६६३५९५८७ मा सम्पर्क गर्दा फोन उठेको छैन।