श्री माध्यमिक विद्यालय सोहनी मुजेलियाका विद्यार्थी छात्र छात्राहरुलाई चौथो पटक स्व.पुण्या देवी झा २०८१ छात्रवृति वितरण ।

भाग चरण यादव, न्युज टाईम्स डेस्क, बुधबार,माघ ३० गते, २०८१

जनकपुरधाम उप महानगरपालिका वाड नम्बर १४ स्थित श्री माध्यमिक विद्यालय सोहनी मुजेलियाका विद्यार्थीहरु लाई छात्रा छात्रवृत्ति वितरण गरेको छ ।

स्व. पुण्य देवी झा को स्मृतिमा निजको परिवारले कोष स्थापना गरि श्री मा.वि. विद्यालय सोहनी मुजेलियाका विद्यार्थीहरुलाई चौथो पटक छात्रवृत्ति २०८१ कार्यक्रमको अध्यक्षता जनकपुरधाम उप- महानगरपालिका वाड न.१४का वाडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्य प्रताप यादव ज्युको अध्यक्षतामा चौथो पटक छात्रवृत्ति विद्यालयका कक्षा बाल विकास देखि कक्षा १० सम्मका विद्यार्थी छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरेका छन् ।

छात्रवृत्ति कार्यक्रमको अध्यक्षता जनकपुरधाम वाड नम्बर १४ का वाडा अध्यक्ष पुण्य प्रताप यादव अध्यक्षतामा भएको थियो । छात्रावृति कार्यक्रमको दाता प्रवीण झा ज्यु ,श्री माध्यमिक विद्यालय सोहनी मुजेलियाका प्रधानाध्यापक भोला यादव ज्युको र विद्यालयका शिक्षक, विद्यार्थीहरुका अभिभावक तथा वाडा सदस्य लगायत समाजसेबीहरुको उपस्थितमा स्व.पुण्या देवी झा छात्रावृती २०८१ वितरण कार्यक्रम सम्पन्न भएको छ ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *