न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, १९ मंसिर २०८१, बुधवार
श्री जनता माध्यमिक बिधालय, रजौलमा १९ वटा अति बिपन तथा असहाय विद्यार्थीहरुलाई स्कुल यूनिफर्म वितरण गरिएको छन् ।
२०८१ मंसिर १८ गते मंगलबारका दिन सो बिधालयमा पढाउने शिक्षिका बबिता यादवकी श्रीमान् जिबेन्द्र कुमार कुशवेतको जन्मदिनको उपलक्ष्यमा गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई बिधालयको पोशाक बाडेको हो ।
शिक्षिका यादवले सर्ट, पैन्ट, स्वीटर, टाइ, बेल्ट,र जुत्ता सहित मुजा गरि जम्मा ७ वटा समान ३० हजार रकमको १९ जना गरिब तथा जहेनदार बिद्यार्थीहरुलाई दिएको वडा अध्यक्ष पुण्य प्रताप यादवले बताए ।
कक्षा ८ मा ३ जना, कक्षा ६ मा २ जना, कक्षा ५ मा १ जना, कक्षा २ मा ३ जना, कक्षा १ मा ३ जना र शिशु कक्षामा ७ जना गरि जम्मा १९ बिद्यार्थीलाई उनीहरूले युनिफम बाडेको थियो ।
