स्वास्थ्य सेवा केन्द्र औरहीले प्रथम स्थान हासिल गरे !!

अनितेश यादव
जनकपुरधाम, ०८१ भदौ २०, न्युज टाईम्स टिभी डेस्क ।

धनुषाको औरही गाउँपालिका स्तरिय दुई दिने स्वास्थ्य कार्यक्रमहरुको आ.ब. २०८०।८१ को बार्षिक समिक्षा कार्यक्रम गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साहको अध्यक्षतामा सम्पन भएको छ ।

कार्यसम्पादन प्रगतिको अधारमा ६ वटै स्वास्थ्य संस्थाहरु मध्ये यस गाउँपालिका अन्तरगत रहेको अधारभुत स्वास्थ्य सेवा केन्द्र औरही ४ ले प्रथम स्थान, चक्कर स्वास्थ्य चौकीले दोस्रो स्थान र पौडेश्वर स्वास्थ्य चौकीले तेस्रो स्थान हासिल गरेको हो । उनीहरुलाई प्रशंसा-पत्र समेत प्रदान गरिएका छ न्।

साथै , अगामी दिनहरूमा स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवा निरन्तर प्रदान भईरहने छ भन्ने गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साहविश्वास समेत व्यक्त गरे ।

सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुनम साह , प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार यादव , स्वास्थ्य शाखा प्रमुख फेकन यादव,स्वास्थ्य निर्देशनालय बाट तथ्याङ्क अधिकृत सरोज,. स्वास्थ्य कार्यलयबाट राम बाबु यादव लगायतको सहभागी तथा सहयोगी अभा रहेको थियो।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *