हिन्दुहरुको विभिन्न मठ मन्दिरमा तोडफोड गरेपछि हिन्दु सम्राट सेनाले हुलाकी राजमार्ग अवरुद्ध गरि टायर बाले !!

hindu yandolan

अनितेश यादव
जिल्ला सर्लाहीको मर्लंगवामा हिन्दुहरुको विभिन्न मठ मन्दिरमा तोडफोड गरेपछि हिन्दु सम्राट सेनाले हुलाकी राजमार्ग अवरुद्ध गरि टायर बालेको छ।

हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको राजदेवी मन्दिर, शिव मन्दिर सहित विभिन्न मठ मन्दिरमा गैर हिन्दु समुदायका व्यक्तिहरुले तोडफोड गरेको भन्दै हिन्दु सम्राट सेनाले हुलाकी राजमार्ग अवरुद्ध गरि विरोध गरिएका छन् । उनीहरुले सडकमा नारावाजी गर्दै टायर बालेर विरोध प्रदर्शन गरेको हो ।

हिन्दू सम्राट सेना र हिन्दू समाजले हुलाकी राजमार्ग अवरुद्ध तथा मलंगवा नगर बन्द गरेका थिए । हुलाकी राजमार्ग अन्तर्गत हरियोन – मलङ्गवा सडक खण्ड, बलरा- बरथवा सडक खण्डमा चक्काजाम तथा मलंगवा नगर बन्द गरी विरोध जनाएको थियो ।

सर्लाही जिल्ला प्रशासन प्रमुखलाई ज्ञापन पत्र बुझाउने कार्य पनि गरियो। नेपाल सरकार र गृह मन्त्री सँग उनीहरुले दोषी माथि छानबिन गरि कार्वाहीको दायरामा यथाशिघ्र ल्याउन माग समेत गरे।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *