शान्तिपूर्ण तरिकाले उप निर्वाचन सम्पन्न !!

सन्तोष कुमार यादव
न्युज टाईम्स टिभी डेस्क, धनुषा २०८१ मङ्सिर १६ गते

धनुषाधाम नगरपालिका- १ मा शान्तिपूर्ण तरिकाले २०८१ मंसिर १६ गते साँझ ५ बजे सम्पन्न भएको छ।

वडा नम्बर १ मा तीनवटा मतदान स्थलमा जम्मा३ हजार २ सय २५ मतदाता रहेकोमा २ हजार २ सय ५८जनाले मतदान गरेको निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले बताए ।

ठाकुरप्रसाद स्मृति प्रतिष्ठान समुदायिक भवन गोविन्दपुर (क)बुथ मतदान स्थलका निर्वाचन अधिकृत जितेन्द्र पाण्डेका अनुसार जम्मा मतदाता ८ सय १२ मध्ये ३सय ६६ पुरुष र २ सय महिला गरि जम्मा ५ सय ६६ मतदान गरेका छन्।

त्यस्तै सोही मतदान स्थल (ख) बुथका मतदान अधिकृत हेमकुमार महतोका अनुसार जम्मा मतदाता ८सय ६० मध्ये ३ सय महिला र २सय ८४ पुरुष गरी जम्मा ५ सय ८४ मतदान खसेका छन्।

गाविस भवन धनुषा गोविन्दपुर मतदान केन्द्रका निर्वाचन अधिकृत सुनिल कुमार चौहानका अनुसार जम्मा मतदाता ६ सय ७५ मध्ये २ सय ९ पुरुष र २सय ६६ महिला गरी जम्मा मतदान ४सय ७५ मतदान भएको छ।

श्री मावि मगुराहा मतदान केन्द्रका निर्वाचन अधिकृत डम्बरप्रसाद घिमिरेका अनुसार जम्मा ८ सय ७८ मतदातामध्ये ४ सय १ महिला र ४ सय ७७ पुरुष गरी जम्मा मतदान ६ सय ३३ खसालेको रहेछन्।

मतदानस्थलमा सुरक्षाका लागि मतदान स्थलभन्दा बाहिर ठूलो सङ्ख्यामा नेपाल प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको थियो भने , मतदान स्थलभित्र तीन वटा मतदान स्थलमा जम्मा नेपाल प्रहरी बाट पुरुष प्रहरीको सङ्ख्या ३३ , महिला प्रहरीको सङ्ख्या ६ र सशस्त्र प्रहरी का ३० जना परिचालित गरेको थियो।

मतदान स्थलभित्र इन्सेका परिवेक्षक र पत्रकारहरूलाई सहज रूपमा प्रवेश गर्न दिएका थिए। निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलका अनुसार तीन वटौ मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालय धनुषाधाम ल्याई सर्वपक्षीय बैठक सम्पन्न भएको छ । साथै, आजै राति ७ बजेदेखि मतगणना सुरु हुने उनले बताए ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *