मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न !!

सन्तोष कुमार यादव
धनुषा ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षका अध्यक्ष राज कुमार महासेठको अध्यक्षतामा ०८१ भदौ ११ गते एडभोकेसी फोरम नेपालको प्रदेश कार्यालय जनकपुरधाममा सहायता कक्षको बैठक सम्पन्न गरिएको छ ।

इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले मानव अधिकार उल्लङ्घनबाट पीडित व्यक्तिहरूको कानुनी प्रकृया र न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको मानव अधिकार सहायता कक्षलाई थप प्रभावकारी बनाउने सम्बन्धमा बैठकको आयोजना गरिएको बताउनु भयो ।

बैठकमा हिंसा पीडित जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ कपिलेश्वर बस्ने सिकिलिला देवी महरा भनिने सकिला खातुनले न्यायका लागि पहल गरिदिनुहुन भनि भदौ ५ गते इन्सेक मधेस प्रदेश कार्यालय अन्तरगत मानव अधिकार सहायता कक्षमा दिनु भएको निवेदन उपर छलफल गर्दै निजलाई आर्थिक सहयोग गर्ने निर्णय भएको थियो । त्यस्तै, रौतहट जिल्ला गरुडा नगरपालका वडा नं ८ का मृतक निरञ्जन रामको परिवारलाई न्यायमा पहुँच पुग्ने उद्देशयले मानव अधिकार सहयाता कक्षद्वारा आर्थिक सहयोग गर्ने निर्णय पनि भएको थियो ।

त्यसैगरी, हिंसा पीडितले दिएको निवेदनको आधारमा पीडितलाई आकस्मिक न्यायको लागि आर्थिक सहयोग गर्नुपर्ने अवस्था देखिएमा मानव अधिकार सहयाता कक्षको सचिवालयले सहायता कक्षका संयोजकसँग सल्लाह गरी पीडितलाई तत्काल आर्थिक सहयोग गर्न सकिने निर्णय बैठकमा भयो ।

मानव अधिकार सहयाता कक्षको काम र कर्तव्यको विषयमा आवश्यक छलफल गर्नुपर्ने देखिएको हुँदा २०२४ सेप्टेम्वरमा मानव अधिकार सहायता कक्षको बृहत छलफल बैठक गर्ने निर्णय बैठकबाट भएको अध्यक्ष राजकुमार महासेठले बताउनु भयो ।

बैठकमा इन्सेक, एडभोकसी फोरम, थर्ड एलाइन्स, निलहिरा समाज, सिभिडब्लुएन, पत्रकार लगायत कुल १२ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

०८१ भदौ १४ गते

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *