रूपेश यादव
भदौ ३ गते, रौतहट ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण बिकास केन्द्रको प्राविधिक सहयोग र माधव नारायण नगरपालिका को समन्वय मा संचालित सामुदायिकमा आधारित तथा स्पोन्सरसीप साे कार्यक्रम अन्तर्गत माधव नारायण नगरपालिकामा यस पालिकाको कार्य विधि अनुसार माधव नारायण नगरपालिकामा प्रगतिशिल नगर बाल सञ्जाल गठन गरिएको हाे।कार्यसमिती १७ जनाको गठन गरेका छन।
सो कार्यक्रमको अध्यक्षता माधव नारायण नगरपालिका की बाल कल्याण अधिकारी रीता कुमारी यादवले गर्नु भएको थिए । उक्त कार्यक्रमा बाल सञ्जालको उद्देश्य काम कर्तव्य,अधिकार, गठन प्रक्रिया हरूको बारेमा ग्रामीण धबिकास केन्द्रका परियोजना संयोजक राम सिंहासन राय यादव ले प्रस्तुतिकरण गरेका थिए। कार्यक्रममा ग्रामीण बिकास केन्द्र नेपालका कार्यक्रम प्रबंधक सन्तोष पहाडी साहि संस्थाका बाल संरक्षणको क्षेत्रमा कामगर्ने फिल्ड संयोजक विनोद कुमार दास , सुस्मिता कुमारी, माधव नारायण नगरपालिका मा गठन गरिएका १८ओटा क्लब पद्धाधिकारहरु र सदस्यहरूको उपस्थिति उलेखनिय रहेको थियो।
यस कार्यक्रमको अध्यक्षता गरी राख्नु भएको बाल कल्याण अधिकारी रीता कुमारी यादव ज्यु ले पालिका बाट र ब्यक्तिगत प्राविधिक तथा आर्थिक सहयोगको लागि हामी पूर्ण रुपमा तयार रहने छु भने प्रतिबद्धता साथ कार्यक्रम सम्पन्न गर्नु भयो । साे कार्यक्रममा संस्थाका पद्धाधिकारी , युवाहरू लगाएतका ब्यक्तिहरूकाे सहभागीता रहेका थियो ।