न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, मंगलबार, माघ २९ गते, २०८१
धनुषा जिल्लाको हंसपुर नगरपालिका -१भगवानपट्टीमा मंगलबार आज प्रथम पल्ट महावीर झण्डा मेला हर्षोउलास सहित धुमधाम सँग आयोजना गरिएको छ । यस अवसरमा कलशसहितको शोभायात्रा गर्दै महावीर झण्डा ठड्याइएको हो।
यस धार्मिक तथा सांस्कृतिक महोत्सवमा भव्य- सब्य रुपमा भगवान् महावीरको सम्मानमा झण्डा ठड्याए र कलश सहितको शोभायात्रा निकालेको थियो भने सांस्कृतिक कार्यक्रम अन्तर्गत भजन सन्ध्या जागरण झाकी, भलिबल प्रतियोगिता ,, नाचगान, खेलतमासा लगायतका गतिविधिहरू समावेश रहेका छन् ।
श्री श्री १०८ श्री महावीर झण्डा मेला महोत्सव समितिका अध्यक्षमा वडा अध्यक्ष रामदेव कापर रहेका हुन् । यो मेला २०८१ माघ २९ गते देखि फाल्गुन ४ गते सम्म रहने उनले बताए ।
समारोहमा प्रमुख अतिथि नगर प्रमुख प्रदीप यादव, १ नं. वडा अध्यक्ष रामदेव कापर, पुर्व मेयर राम ज्ञान् मण्डल, समाजवादी युवा संघ धनुषाका अध्यक्ष दिपु कापडी लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, युवा, महिला लगायतको सहभागिता रहेको थियो।
यस महोत्सवले धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने कार्य गर्दछ। यसमा सहभागी भई धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको आनन्द लिन सकिन्छ।
