सन्तोष कुमार यादव
धनुषा २०८१ असार २ गते
१३ वर्षीय बालकलाई नेपाल प्रहरीका जवानले कुटपिट गरेको आरोपमा पीडित पक्षले २०८१ असार २ गते महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएको छ।
जनकपुरधाम उपमहानगरपालिका ८ बलवा टोलस्थित रहेको बलवा प्रहरी चौकीको छेउमा असार १ गते पीडित बालक क्रिकेट खेलिरहेको क्रममा प्रहरी जवान पनि त्यहाँ आए अनि भने म पनि क्रिकेट खेल्छु। त्यसपछि प्रहरी जवानले क्रिकेट खेल्दा बल हराएपछि बालक बल माग्दा एक्कासी कुटपिट गर्न थाले पीडित बालकले बताए।
असार २ गते पीडित बालकको दुईटै गाला र टाउकोमा चोट लाग्दा एडभान्स सिटी स्केन्ड एण्ड डाइगोनोस्टिक सेन्टरमा उपचार भयो।
पीडितका बुवा मोहन चौधरीका अनुसार प्रहरी जवान विवेक झाले उल्टै हामीहरूलाई धाक धम्की दिँदै आएको बताए।
प्रहरी जवान झालाई जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्षमा अहिले राखी थप अनुसन्धान भइरहेको बलवा प्रहरी चौकीका असई मेहीलाल राउतले बताए।