सन्तोष कुमार यादव
न्युज टाईम्स टेलिभिजन डेस्क, जनकपुरधामम।
धनुषा जिल्ला लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ६ सेन्ट्रल अस्पताल स्थित जनकपुरर-ढल्केवर सडक खण्डमा जनकपुरबाट ढल्केवर तर्फ आउदै गरेको प्र२-०२-००४ प ६९४७ नं.को मोटरसाईकललाई सोही दिशा तर्फ जादै गरेको भारतिय नंबर प्लेट DL12C 0944 नं.को कारले पछाडीवाट ठक्कर दिएका छन् । मँगलबार एका बिहानै चैत १३ गतेका दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कै अगाडि उनीहरुले स्टन्टबाजी गरेको थिए । मादक पदार्थ सेवन गरेका उनीहरु मोजमस्ती, जिग-जाग र स्टन्टबाजी गर्दै जनकपुर-ढल्केवर सडक खण्डमा निस्केका कारले सेन्ट्रल अस्पताल नजिक ६ः१५ बजेको समयमा पछडि बाट ठक्कर दिदा मोटरसाईकलमा सवार एक युवकलाई उडाएपछि ज्यान गएको थियो । मृत्यू हुनेमा महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिका वडा नम्बर ४ बस्ने जोगी साह सोनारको छोरा बर्ष २५ को रामबाबु साह रहेका छन् । मृत्क लासको मुचुलका पस्वात ऐ.०८:३० बजेको समयमा पो.मा.को लागी प्रादेशिक अस्पताल जनकपुरमा पठाईएको थियो ।
जानकारी प्राप्त अनुसार, कार दुर्घटना क्रममा सवार रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित बेंगाका बिरेन्द्र कुमार यादवको छोरा हनी भन्ने साजन कुमार यादव, लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ स्थित स्वालिरी टप ईगलिस बोर्डिङ स्कुल का प्रधानाध्यापक एवम् शिव चन्द्र यादवको छोरा राजन कुमार यादव, दिनेश कुमार साहको छोरा दिपेश कुमार साह, उमेश साहको छोरा राजन कुमार साह, ड्राइभरको रुपमा कमला नगरपालिका वडा नम्बर ८ का किशोरी यादवको छोरा शिव कुमार यादव रहेको भाइरल भिडियो देखिन्छन् ।
भारतिय नम्बर प्लेट DL12C 0944 नं.को कार दक्षिण भारतको (११००२३) पोस्टल नम्बर २२५, पिलान्जनी गाउ, र सरोजनी नगरमा घर भएको भगवान दासका छोरा बिपिन कुमार नामामा रहेको छ ।
कार चालक फरार रहेको छ । कारले पछडि बाट मोटरसाईकललाई उडाएर हत्या गरेपनि प्रहरीले नपता लगाएको र नपक्राउ गर्न सकेको भन्दै प्रहरीको अनुसन्धान फितलो रहेको मृतकका दाजु राजेश शाहले बताउँछन् ।
सो घटना सन्दर्भमा जानकारी लिन खोज्दा लक्षमिनिया चौकीमा सम्पर्क गर्दा पहिलाको प्र.स.नि.मनोज पोखरेल सरुवा भएकोले आफुलाई घटनाको बारेमा पूर्ण रुपले जानकारी नरहेको असई सन्तोष सिंहले बताए। लक्षमिनिया चौकी बाट प्र.स.नि.मनोज पोखरेलको कमाण्डमा ४ जनाको टोली घटना स्थलमा खटि गएको थियो । साथै, घटना स्थल मै रामबाबु साहले ज्यान गुमाएको सेन्ट्रल अस्पटालका संचालक संगम कुमार झाले बताए।
धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार, भारतीय नम्बर प्लेटको कारले साहलाई ठक्कर दिँदा ज्यान गएका थिए । फरार ड्राईभर शिव कुमार यादवको खोजतलासी कार्य भइरहेको र नियनत्रणमा लिई कानुनको दायरामा ल्याउछौ उनले भने।
यदपि, भयानक दुर्घटना गरेपनि ड्राईभर शिव कुमार यादवलाई प्रहरीले अझ सम्म पक्राउ गर्न सकेन छैन।