०८१ असोज ६ गते, सोमबार, न्युज टाईम्स टिभी डेस्क।
धनुषा । धनुषाको औरही गाउँपालिका वडा नम्बर ५ स्थित श्री राजदेवी रा. प्रा. बिधालय हरुसाहाको प्रधानाध्यापक शिव शंकर दासले बिधालयमा अनुपस्थित भएपनि हाजिरी बनाउँदै गरेको आरोप लागेको छ ।
बिधालयको व्यवस्थापन समिति अध्यक्ष राम प्रसाद साहका अनुसार, प्रधानाध्यापक प्राय बिधालयमा अनुपस्थित नै रहन्छ । अनुपस्थित भएको दिनको पनि हाजिरी बनाउँछ । यति मात्र कहाँ उनी बिधालयमा आएर एक या दुई घण्टी मै हाजिरी बनाएर गइहाल्छ उनले बताए ।
यस बिधालयमा शैक्षिक सामाग्रीको कमि भएपनि राम्रो पठनपाठन गराइरहेको जसपाको नगर प्रमुख कमल देवले प्रसंसा गर्दै भने । तर, यहाँ प्राय प्रधानाध्यापक नै अनुपस्थित भइरहेको उनले गुनासो पोखे । प्रधानाध्यापक दासको अनुपस्थितका हुँदा बिधालयमा विद्यार्थीको पढाईमा कमीकमजोरी समेत आउन सक्ने जिकिर गरे ।
दस्तकको टिमले यो सन्दर्भमा प्रधानाध्यापक दास सँग फोन बाटै सम्पर्क गरेका छन् । उनले भने ” हाम्रो बिधालयमा प्रतेक दिन एउटा- एउटा शिक्षिकालाई लागि प्रधानाध्यापकको जिम्मेवार दिएको हुन्छ । बिधालयको कम्पाउण्ड, सौचालय, कक्षाकोठाको झयाढोका र कार्यलयको आफनै पहलमा निर्माण गराएको र व्यवस्थापन सहित बिधालयको विभिन्न कामकाजको लागि बाहिर जानुपर्ने हुन्छ । राजनिती चलखेल र आफ्नो व्यक्तिगत स्वार्थपुर्ती गराउनका लागि यो आरोप लगाए उनले भने । साथै, अनुपस्थितको दिन म आफ्नो हाजिरीमा बिदा लेखेकै हो उनले प्रष्टाए ।
बिधालयमा गुणस्तरीय पठपाठन गराउन शिक्षाकाहरुलाई वडा अध्यक्ष सरोज कुमार मण्डलले ध्यानाकर्षण गराउँदै वडाको आफ्नो बजेट शैक्षिक सामाग्री सहित बिधालयको ब्यवस्थापन दिने प्रतिवद्धता गरे ।