पाँच बुँदे घोषणापत्र जारी गर्दै इन्सेकको साधारण सभा सम्पन्न !!

सन्तोष कुमार यादव
न्युज टाईम्स टिभि डेस्क, काठमाडौँ, ०८१ असोज १५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २८औँ साधारणसभा समसामयिक विषयका पाँच बुँदे घोषणापत्र जारी गर्दै मंगलबार काठमाडौँमा सम्पन्न भएको छ ।

साधारण सभामा गत असोज ११, १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको मानवीय तथा भौतिक क्षतिको घटनाप्रति दुःख व्यक्त गरेको छ । “विपतमा परेका नागरिकको उद्धार तथा पुर्नस्थापनाका लागि क्रियाशील हुन तथा भविष्यमा हुनसक्ने यस्ता विपतको पूर्वतयारीको आवश्यक प्रबन्ध गर्न नेपाल सरकारसँग माग गर्दै जलवायु परिवर्तन, वातावरणीय समस्याका कारण हुने क्षति विरुद्ध रणनीति बनाउन सभा माग गर्दछ ।” घोषणापत्रमा उल्लेख छ ।

त्यसैगरी साधारण सभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधि सभा, भदौ ६ गते राष्ट्रिय सभा र भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै १८ वर्ष अघिदेखि अवरुद्ध सङ्क्रमणकालीन न्यायको विषय अगाडि बढ्ने अपेक्षा गरेको छ ।

साधारण सभामा इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष गीता बरालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको अध्यक्ष डा. कुन्दन अर्यालले बताए ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *