रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी महोत्सवमा यसपाली बलिवुड अभिनेता गोबिन्दा आएको थियो। कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए।
मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दिरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ । महोत्सवको उदघाटनमा बलिउड सुपरस्टार अभिनेता गोविन्दा आएपछि दर्शकको भीड लागेको र उनको प्रस्तुति हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक मौलापुरमा आएको थियो ।
यता,आजपाको अध्यक्ष प्रभु साहलाई कलाकार किरण साहले उनको चिठ्ठा खोल्ने धम्की दिएकी छिन् ।” प्रभु साह तिमी पनि तेली हो भने म पनि तेली छु, जुन केटीसँग सम्बन्ध हुन्छ त्यसलाई पटकपटक डान्स गर्ने अवसर दिने तर मैले त्यस्तो कुनै गलत कार्य तिमीसँग गर्न स्वीकार नसकेर मलाई बोलाए बेइज्जती गर्ने तेरो अौकाद अब हेराउछु, प्रभु साहको कुनै अौकाद छैन, कसैको इज्जत वा मानसम्मान गर्न सक्दैन तिम्रो सबै चिठ्ठा म खोल्छु ” भन्दै कलाकार किरण साहले समाजिक संजालमा दुखेसी पोखेकी छिन् ।
प्रभु साह लगातयत उनका चम्चा बेल्चा बिजय यादव आज म किरन साह लगायत विभिन्न कलाकार लाई निमन्त्रणा दिई बोलाएर कुनै वास्ता नगरेको र सबै स्थानीय कलाकारलाई प्रभु साहले तल देखाउन खोजेको छ म प्रभुसाह लाई भन्न चाहन्छु कि स्थानीय कलाकारलाई सम्मान गर्ने हैसियत छैन भने न बोलाउनु यदि बोलाउनु भयो भने त्यो कलाकार को सम्मान गर्नु पर्यो समान गर्ने थाहा छैन भने तपाईं एउटा पार्टी को अध्यक्ष को लायक तपाई हुनुहुन्न म यो आजको व्यवहार ले देख्दै छु कि तपाईं कसरी मन्त्री हुनुभो तपाईं त एउटा विदेशी दलाल जस्तो आज देख्नु भो किन भनने बिदेशी कलाकारलाई सम्मान र स्थानीय कलाकारलाई अपमान गर्नु भो आज देखि कुनै पनि स्थानीय कलाकारलाई अपमान गर्नु भयो भन्ने हामी सबै स्थानीय कलाकार मिलेर तपाईको बिरोध गर्ने छौ भन्दै उनी आफ्नो फेसबुक उल्लेख गरेकी छिन् ।
मधानी महोत्सवमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी सहभागी हुने लग्य रहेको आयोजकले गराएको छ ।