धनुषा ; लक्ष्मीनियाँ गाउँपालिकामा हाकिमको ‘ नक्कली होइन सक्कली ‘ हस्ताक्षर गरी नै हटाईए ९ कर्मचारी !!

जनकपुरधाम । जिल्ला धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको आधिकारिक साईन मै ९ जना कर्मचारीलाई हटाईएको छ ।

लक्ष्मीनियाँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत याम बहादुर उपरकोटीका अनुसार कार्यलयको कार्यबोज, आर्थिक दाइत्व र आवस्यकताको सिद्धान्तलाई मध्यनजर गर्दै ९ जना करार कर्मचारी निरन्तरता नदिईएको हो । असार मसान्तको भुक्तानी सकेपछि विदा नलिई कार्यलय बाहिर रहेर नै कामकाज गरिरहेको र सोही गाउँपालिकाका कर्मचारी विकरु यादवलाई मोखीत रुपमा निमित्त अधिकृत बनाएको उनले प्रष्टयाए । यस् गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहे सम्म कार्यालयको सम्पूर्ण कामकाज तथा गतिबिधिमा मेरो दाईत्व र जिम्मेवारी रहेको उनले भने ।

प्रमुख प्रशासकीय अधिकृतको रुपमा आफनो जिम्मेवारी दुई महिना भित्र समाल्हदै गर्दा कार्यपालिको बैठक लाइभ गरिएको, इ- हाजिर व्यवस्थित रुपमा लागु गरिएको , कार्य सम्पादनलाई संतोषजनक नगर्नेलाई कार्यबोज कम गरिएको,वडा र गाउँपालिका स्तर योजनालाई चुस्त/ दुस्त बनाइएको, गाउँपालिकाको वेबसाईट र युट्युव च्यानलमा बजेट निति तथा कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिए । तर, उच्च अदालत जनकपुरले गाउँ सभाको बजेट, निति तथा कार्यक्रम बिषयमा ” stay oder” जारी गर्दै बहुत बाट पारित गर्न भनिएको छ ।

यता, यस सन्दर्भमा २०८१ साउन ०१ गते ” धन्यवाद ज्ञापन सम्बन्ध ” काटिएका पत्रको चलानी नं. ९ मा करारका कर्मचारीलाई हटाएको पत्रमा उनको हस्ताक्षर पाईए सहित सोही दिनको अर्को पत्रमा निमित्त अधिकृतको समेत हस्ताक्षर पाएपछि नक्कली हस्ताक्षर गरी स्क्याम गरिएको र केही जनप्रतिनीधिहरुले नै हाकिमको नक्कली साईन गरेर राजनीतिक शक्तिको दुरुपयोग गरी आफ्ना अनुकुल नभएका कर्मचारीहरुलाई सेवाबाट हटाएकोआरोप लागेको थियो ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *