तस्करहरु बिरुद्ध मन्त्री शाह एक्सनमा उत्रिए !!

जनकपुरधाम । मधेस प्रदेशका वन तथा वातावरण मन्त्रालयका नव नियुक्त मन्त्रि माननिय त्रिभुवन साहले वन विनाश गर्ने तस्करहरू विरुद्ध एक्सनमा उत्रिएका छन् ।

अहिलेका अवस्थामा हेर्ने हो भने सामुदायिक वन कमजोरबाट जटिलतातर्फ उन्मुख भइरहेको स्थानीय स्तरमा आम मानिसले वन संरक्षणमा जोड दिइरहेको साथै सरकारले विभिन्न कार्य योजना निर्माण गरिरहेको जसले गर्दा सामुदायिक वनले जैविक विविधता संरक्षणमा सहयोग पुर्याइरहेको साथै मन्त्री शाहले वन मन्त्रालयमा आउने बित्तिकै वनलाई जोगाउने र तस्करहरूलाई धमाधम पक्राउ गर्नुको साथै छड्के सुरु गरेको हो ।

२०८१ साउन ९ गते महेन्द्र राजमार्ग हुँदै बाराबाट आउने क्रममा रौतहट जिल्लाको सेलेखु डानीमा वन विनाश गर्ने, रुख काट्ने , काठ चोर्ने हरूलाई वन तथा वातावरण मन्त्री शाहले आफै वनमा पुगी तस्करहरुलाई फेला पारी सोही दिन डिभिजन वन कार्यालय रौतहटलाई जिम्मा लगाएको छ।

वन क्षेत्र मानव अतिक्रमणको चपेटामा परेकोले उचित नियन्त्रणका लागि राज्यले पहल थाल्नुपर्ने र विकास निर्माण र अधिकांश सरकारी संरचना निर्माणकै क्रममा समुदायिक तथा राष्ट्रिय वन अतिक्रमणमा परेकोले मधेस प्रदेशका वन मन्त्रालयलाई समयमै ध्यान पुर्‍याउनुपर्ने आवश्यकता रहेको छ ।

सरकारी स्तरबाट वन संरक्षण र व्यवस्थापनका लागि केही वर्षियात क्रमिकरूपले सामुदायिक वन अभियानलाई कमजोर बनाउने असायले ल्याएका राष्ट्रिय निकुञ्ज , आरक्ष, संरक्षण क्षेत्र, वातावरण संरक्षण क्षेत्र, मध्य पर्वती क्षेत्र र संरक्षित क्षेत्र जस्ता कार्यक्रम प्रभावकारी बन्न नसकेकोले जैविक विविधता, परिस्थितिकीय प्रणाली र वातावरण संरक्षणका लागि समेत उत्कृष्ट रहेको वनलाई जैविक विविधता संरक्षणको आधारका रूपमा अगाडि बढाउन जोड दिनुपर्ने छ।

वन विनाश गर्ने तस्करहरू कोही भएपनि वन फडानी नगर्न मन्त्री शाहले चेतावनी दिँदै वनलाई विनाश गर्ने कार्य गरेमा नेपाल सरकारको कानुन अनुसार सजाई र कारवाही अगाडी बढाउनुका साथै मधेस प्रदेश भित्र रहेका डिभिजन वन कार्यालयहरुलाई निर्देशन समेत दिएका छन् ।

यदपि, मन्त्री शाहले वन मन्त्रालयको कार्यभार सम्हालने बित्तिकै वन फडानीमा सुधार आउनुको साथै सामूहिक हितको लागि वन संरक्षण सम्बर्धन र सदुपयोग गर्ने एक स्वतन्त्र छविका मन्त्री रहेको यस मन्त्रीप्रति आशावादी समेत रहेको रौतहट बासीले बताए ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *