सन्तोष कुमार यादव
न्युज टाईम्स टिभी डेस्क, धनुषा, २०८१ फागुन ८ गते, बिहिबार
मिथिला नगरपालिका – ७ स्थित रहेको जनकपुर रिफाइनरी तेल फ्याक्ट्रिकमा बिहिबार एक काम गर्ने मजदुरलाई हातखुट्टा बाँधी बन्धक बनाएर राखिएको अवस्थामा उद्धार गरिएको छ।
पर्सा जिल्लाको गढी नगरपालिका – ३ का ३२ वर्षीय सुरेश शाहले विगत दुई सालदेखि तेल फ्याट्रिकमा काम गर्दै आएका थिए। पीडित शाहले फागुन ७ गते राति २ बजेको समयमा मादक पदार्थ सेवन गरेको कारणले गर्दा फ्याक्ट्रीका सञ्चालक विश्वनाथ शाहले हात खुट्टा बाँधी राखिएको अवस्थामा २०८१ फागुन ८ गते बिहानै ९ बजेको समयमा स्थानीय महिला मानव अधिकारकर्मी बिना कडारीलाई जानकारी लगत्तै घटनास्थलमा पुगी उद्धार गरिएको हो।
मजदुर शाहलाई हाल इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको र आफू अर्कै घटनामा बाहिर आएकोले सो घटनाको बारेमा जानकारी नभएको केहीबेरमै प्रहरी चौकीमा पुगेर सो घटनाबारे अनुसन्धान गरी दोषी उपर कारबाही गर्ने ईलका प्रहरी कार्यालयका इन्सपेक्टर जटा शंकर यादवले बताउनुभयो।