सन्तोष कुमार यादव
धनुषा २०८१ जेठ १७ गते ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला प्रतिनिधिको पहलमा सिरहा जिल्ला मिर्चैया नगरपालिका- ६ २३ वर्षीया बिभा महतोलाई श्री राम जानकी हस्पिटल जनकपुरधामबाट ०८१ जेठ १७ गते उद्धार गरिएको छ ।
पीडित महतोलाई जेठ १७ गते इन्सेक धनुषा जिल्ला प्रतिनिधिको पहलमा साथै न्युज टाईम्स टेलिभिजनका सञ्चालक अनितेश यादव , द नोटिस नेपालका पत्रकार वीरेन्द्र पासवान , जानकी प्रहरी चौकीका सैई सन्तोष बुढाठोकीको सहयोग तथा समन्वयमा उद्धार छन् ।
०८१जेठ ११गते पति पत्नीमा सामान्य झगडा हुँदा विष सेवन गरेको महतोलाको मिर्चैया अस्पतालमा उपचार सम्भव नभएपछि उपचारको लागि जनकपुरधामस्थित श्रीराम जानकी अस्पतालमा भर्ना गरिएको थियो ।
गरिब तथा विपन्न परिवारका महतोलाई उपचार खर्च तिर्न नसक्दा विगत ४ दिनदेखि बन्धकको अवस्थामा अस्पताल मै थिए । उपचार खर्च जुटाई वा बन्धकबाट मुक्त गरिदिनका लागि पीडितका पती रोहित महतोले इन्सेकको धनुषा जिल्ला प्रतिनिधिलाई फोन मार्फत जानकारी गराएका थिए । पहल गरेपछि उहाँको उपचार खर्च मिन्हा गरी मुक्त गराएका छन् ।
बिरामी बिभा महतोको उपचार खर्च वापत ६४ हजार रुपियाँ तिर्नु पर्ने भएपनि पीडित पक्षले फार्मेसीको १८ हजार रुपियाँ बुझाएको छ । इन्सेकको पहलमा तिर्न बाँकी रहेका ४६ हजार रुपियाँ अस्पताल प्रशासनले छुट गरेको छ ।
पीडितलाई उद्धार गरी परिवारजनको जिम्मा लगाई घर पठाएको इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोष यादवले जानकारी गराएका छन् ।