न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, १८ मंसिर २०८१, मंगलवार
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलिया क्रीकेट टिम द्वारा मंगलबार तेस्रो वडा कप क्रीकेट प्रतियोगिता २०८१ को उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि मेयर मनोज साहले रहेको भने अध्यक्षता वडा अध्यक्ष पुण्य प्रताप यादवले गरेको थियो । उदघाटनको क्रममा ब्याटिङ मेयर मनोज साहले गरेको र बोलिङ वडा अध्यक्ष पुण्य प्रताप यादवले गरेका थिए ।
यसै १४ नम्बर वडा बाट प्रदेश स्तर अंदर- १६ मा दुई जना चंदन यादव र रुपेश यादवले खेलिरहेको र खेलाडीहरुको मनोबल कम नहोस् सोही अन्तर्गत प्रतियोगिता गराईरहेका वडा अध्यक्ष यादवले बताए । साथै, खेलाडीहरु सँग मेरो सम्बन्ध नग- मासुको रहेको उनले भने ।
प्रतियोगितामा १६ वटा टिमले माग लिएका छन् । क्रीकेट टिममा ठेरा, लगमा, काल भैइरब, सोहनी, कनरपट्टी, बगेबा, नगराईन, बेला, हंसपुर, प्रष्टोकी, हैर्मरी,बैनगमा, बनिनियाँ, लक्ष्मीनियाँ, सानतिपुर, मुजेलियाँ र औरहीले भाग लिएका रहेको मुजेलियाँ क्रीकेट टिमका क्याप्टेन राहुल यादवले जानकारी दिए ।
पर्यटनका लागि यस संसार स्पोर्ट्स भन्दा ठुलो हुन नसक्ने, जनकपुरधाममा अन्तरास्ट्रिय रंगशाला रहेको र यहाँ नेपाल/भारतको म्याच हुन सक्ने सो फेजमा गइरहेको नगर प्रमुख मनोज साहले भने । टेनिस बल सँग नखेलौं मात्र हाड बाल बाट खेलौँ भन्दै उनले खेलाडीहरु सँग आग्रह गरे ।
यद्यपि, यो प्रतियोगिता २०८१ आउने शनिबार मंसिर २९ गते समापन हुने भएको छ ।