न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, २०८१ फागुन २३ गते, शुक्रबार
जिल्ला धनुषाको गणेशमान चारनाथ नगरपालिकाको सडक सीमा भित्र कुनै पनि कार्य नगर्न नगराउनेका लागि सम्बन्धित सरोकारवाला सर्वसाधारणमा सार्वजानिक गरिएको छ।
उक्त सडक खण्डको मापदण्ड सीमाभित्र कुनै पनि निर्माण कार्य गर्ने व्यापार व्यवसाय सञ्चालन गर्ने बाली नाली लगाउने लगायतका क्रियाकलाप नगर्नु नगराउनु हुन भन्दै प्रमुख प्रशासकीय अधिकृत रन्जित कुमार यादवले सूचना जारी गरिएको हो।
कमला ,ढल्केबर ,पथलैया सडक योजना पूर्वी खण्ड बर्दिबास महोत्तरीको पत्र सङ्ख्या २०८१ /०८२ चलानी नम्बर ११३ को मिति २०८१ फागुन २० गतेको पत्रमा मार्फत जानकारी गराउँदै महेन्द्र राजमार्गको कमला पुलदेखि बागमती पुलसम्मको राजमार्ग (७४.७५ किलोमिटर) खण्ड २ लेनबाट ४ लेन मापदण्डमा अनुसार कार्य गर्ने सम्बन्धित निर्माण व्यवसायीमार्फत निर्माण कार्य सुरु भइसकेकोले गणेशमान चारनाथ नगरपालिका क्षेत्रभित्र उल्लेखित सडक खण्डको सडक सीमा सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५/ २५ मिटर मापडन तोकिएको सो पत्रमा उल्लेख गरिएको छ।
