क्यान धनुषाद्वारा तीन महिने निःशुल्क कम्प्यूटर तालिम


न्युज टाईम्स टिभी डेस्क, शुक्रबार, २ फाल्गुन २०८१
जनकपुरधाम । कम्प्यूटर एशोसिएशन नेपाल महासंघ, धनुषा (क्यान)द्वारा निःशुल्क तीन महिने कम्प्यूटर तालिम हुने भएको छ ।
जनकपुरधाममा शुक्रवार पत्रकार सम्मेलन गरी क्यानका अध्यक्ष विनय साहले गरीब, दलित, अपाङ्ग, अल्पसंख्यक तथा जेहेन्दार विद्यार्थीहरुलाई मध्यनजर गरी सो तालिमको व्यवस्था गरिएको बताइएको छ ।
क्यान अध्यक्ष साहले सूचना प्रविधिको जनशक्ति उत्पादन गर्ने उद्देश्यले पहिलो चरणमा ५१ जनालाई निःशुल्क कम्प्यूटर तालिमको व्यवस्था गरिएको बताएका छन् । उहाँले धनुषाको १५ वटा कम्प्यूटर इन्स्टिच्यूटमा विद्यार्थीहरुलाई निःशुल्क तालिमको व्यवस्था गरिएको हो । त्यसका लागि यहि फागुन २ गतेदेखि फागुन १८ गतेसम्म फारम खुल्ला गरिएको छ । फारम समेत निःशुल्क रहेको उहाँले बताउनुभयो ।
निःशुल्क कम्प्यूटर तालिमका लागि फारम भरेका मध्येबाट पहिलो चरणमा ५१लाई छनौट गरिने छ अध्यक्ष साहले भने ‘एउटा विद्यार्थीले पाँचवटा इन्ष्टिच्यूटलाई छनौट गर्न सकिने, पाँचवटा मध्येमा कुनमा कुन विद्यार्थीलाई पठाउने हो, त्यसको निर्णय क्यान महासंघ धनुषा शाखाले निर्णय गरिने बताएका छन् । फारम भर्नका लागि अनलाइनको समेत व्यवस्था गरिएको छ ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *