औरही ४ मा दुर्गा पुजा महोत्सवको भव्य कलश यात्रा

न्युज टाईम्स टिभी डेस्क, १८असोज २०८१,शुक्रबार

२०८१ घटस्थापनासँगै नेपालीको महान चाड बडादशैँ सुरु भएको छ। धनुषाको औरही गाउँपालिका स्थित वडा नं. ४ मा ष्री श्री १०८ श्री दुर्गा पुजा महोत्सवको कलश यात्रा भव्य सहित धुमधाम सँग भएको हो ।

बिहिबार भजन कीर्तन र बाजागाजासाथ भक्तिमय वातावरणमा आयोजना गरिएको कलश यात्रामा सयौ संख्यामा भक्तजनको सहभागिता  रहेको थियो।

राम जानकी युवा क्लब, औरहीका युवाहरु महोत्सवमा स्वयम सेवक रुपमा खटिएको हो । दुर्गा पुजा महोत्सवमा युगल किशोर सिंह द्वारा पुजापाठ गरिन्छ ।

यो महोत्सव दुर्गा पुजा समिति औरही ४ ले आयोजना गरिएको भने सुर्य ज्योति लाइफ इन्स्योरेन्स जनकपिरधाम (अभिकर्ता संघका अध्यक्ष) एजेन्सी म्यानेजर सन्तोष कुमार साह सौजन्यको रुपमा रहेको छ ।

कलश यात्रामा राम चन्द्र साह, जिवक्ष मण्डल, राम लाल मण्डल, तेजु मण्डल, लगायत वडावासी, समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *