न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, ७ फागुन २०८१, बुधवार
जिल्ला धनुषाको औरही गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत यादव पुनः कार्यभार सम्हाल्नुभएको छ।
मंगलबार गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साह र उपाध्यक्ष पुनम कुमारी साह लगायतका कर्मचारी, वडा अध्यक्ष सहित कार्यपालिका सदस्यको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत अशोक यादव पदभार ग्रहण गर्दै जिम्मेवारी सम्हालेका छन् ।
गाउँपालिका अध्यक्ष उमा शंकर प्रसाद साहको बिशेष पहलमा प्रमुख प्रशासकीय अधिकृत यादवलाई जिम्मेवारी तोकेका छन् ।
यसअघि, उहाँ औरही गाउपालिकामा सौहार्द कार्य सम्पादन गरिरहेको थियो। तर, गाउँपालिकाको विकास, समृद्धि र सुशासन तथा प्रशासनिक कार्यहरूलाई निरन्तरता दिदै औरही गाउँपालिकाको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्णयअनुसार उहाँलाई नै पुनः जिम्मेवारी तोकेको हो ।
उहाँ स्वास्थ्य शाखामा कार्यरत रहँदा र प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहँदा प्रभावकारी कार्य गर्नुभएको थियो। उनको कार्यशैली र जनतासँगको सम्बन्धले गर्दा कर्मचारीहरू र जनताको बीचमा सम्मान र विश्वास जित्न सफल भए। उहाँलाई लोकप्रिय र विश्वासपात्र बनाएको हो। यसले उनको कार्यक्षमता र नेतृत्व क्षमतामा सकारात्मक छाप छोढेको छ।