जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेका ओम दिर्घायु हस्पिटल प्रा. लि.ले बिहीबार पहिलो वार्षिकोत्सब भव्य सहित धुमधाम सँग मनाउदै सम्पन्न भएको छ ।
वार्षिकोत्सबको अवसरमा अस्पताल परिसर मै विहान ८ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा” रक्तदान नै जिवनदान, जिवनदान नै महादान ” नाराको साथमा ६० जनाले रक्तदन दिएको संचालक संजय मण्डलले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि पुर्व खानेपानी मन्त्री महेन्द्र राय यादव रहेको र अध्यक्षता संचालक समिति अध्यक्ष प्रमोद कुमार साहको रहेको थियो ।
अहिले यो अस्पताल २५ शय्या बेड रहेको, यहीँहरुले अस्पताल राम्रो सँग चलाउनु होस्, यस अस्पताललाई सय शय्याको बेड स्वीकृति दिलाइदिन्छु पुर्व खानेपानी मन्त्री यादवले प्रतिवद्धता व्यक्त गरे । सय शय्याको अस्पताल भएमा स्टाफ नर्स र एच.ए. को पढाई हुन्छ उनले भने।
कार्यक्रमा बोल्दै संचालक समिति अध्यक्ष साहले बिरामीलाई अत्याधुनिक सेवा र सुविधा प्रदान गर्दै आएको ओम दिर्घायु हस्पिटल सफल हुनुमा कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको र यो हस्पिटल सय शय्या वेडको हुने मेरो पुर्ण विश्वास राखेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसको नेता सह महामंत्री महेन्द्र यादव ,जिबनाथ चौधरी ,बाबा रामकिशोर दास लगायतका अतिथिहरु ,कर्मचारी, डोक्टर टिम, स्वास्थ्यकर्मी सहित सहभागी रहेको थियो ।
यदपि, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित बजरंग चौक देखि बलवाटोल जानेबाटोमा यो अस्पताल रहेको छ।