सन्तोष कुमार यादव
धनुषा २०८१ असार २ गते
अनौपचारिक क्षेत्रसेवा केन्द्र इन्सेक धनुषा जिल्ला प्रतिनिधिको पहलमा जनकपुरधाम उपमहानगरपालिका- १७ कनरपट्टी का १६ वर्ष बालक उचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा रहेकालाई २०८१ जेठ ३१ गते औषधि निःशुल्क गरिएको छ।
पीडित पासमानले जेठ ३१ गते इन्सेक धनुषा जिल्ला प्रतिनिधिलाई औषधि को लागि आर्थिक सहयोग गरिदिनुहुनको लागि निवेदन दिएका थिए।
२०८१ जेठ २८ गतेका दिन दिउँसो १२ बजे पोखरीमा नुहाइरहेको बेला हाम फाल्दा टाउकोमा गहिरो चोट लागेका थिए। उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा सोही दिन भर्ना गरिएको थियो।
गरिब तथा विपन परिवार पासमानले औषधिको लागि रुपैया नहुँदा पीडितका बुवा राम विनय पासमानले इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोष कुमार यादवलाई औषधि निःशुल्क गराइदिन अनुरोध गरेका थिए।
पीडितलाई औषधि निःशुल्क गरिदिनुहुनको लागि प्रादेशिक अस्पताल जनकपुरधामका डाइरेक्टर डाक्टर राम नरेश पण्डितलाई जानकारी गराएपछि औषधि निःशुल्क गराइदिएको इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोष कुमार यादवले जानकारी गराएका छन्।