आगलागि पीडितलाई राहत सामग्री सहयोग

सन्तोष कुमार यादव

धनुषा २०८१ असार २६ गते

सहिद नगरपालिका -६ हट्ठीपुर पासवान टोलमा २०८१ असार २४ गते भएको आगलगीमा दुई ओटा घर जलेर नष्ट भएको छ।

बिहान ६ :३0बजेको समयमा ग्यास चुलामा चिया पकाइरहेको बेला ग्यास लिकेज भई आग लागी भएको पीडित उत्तिम पासमानले बताए ।

आगलागिबाट एक थान मोटरसाइकल जलेर नष्ट भएको छ भने दुईओटा घरको सबै समानहरू जलेर १८ लाख रुपैयाँ बराबरको क्षति भएको र बिहान ६:३० बजे देखि सुरु भएको आगलागि ८:२० बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय यदुकाहाका इन्सपेक्टर चन्द्र किशोर शाहले बताए।

आगलागि खबर पाउने बित्तिकै सहिद नगरपालिकाको नगर उपप्रमुख सुनिता सिंह , रेड क्रस सोसाइटी धनुषा, इलाका प्रहरी कार्यालय दुकाहाका टोली तत्कालै भाडाकुडा, लत्ता कपडा, खाने सामग्री, प्राथमिक स्वास्थ्य उपचारका सामग्रीहरू उपलब्ध गराउनुको साथै सामान्य घाइते भएका बोबेलाल पासमानलाई स्थानीय स्वास्थ चौकीमा उपचार समेत गराएको उपप्रमुख सिंहले बताए।

                                         
Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *