सन्तोष कुमार यादव
धनुषा । ०८१ जेठ १८ गते
मानव अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशले जेठ १८ गते जनकपुरधाममा मानव अधिकार अनुगमन तथा प्रलेखिकरण क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा राष्ट्यि मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका कार्यवाहक प्रमुख रेखा दत्तले मानव अधिकार अनुगमन तथा प्रलेखिकरण सम्वेदनशिल कार्य भएको बताउनु भयो । मानव अधिकारकर्मीहरुले मानव अधिकारसँग सम्बन्धि विषय वस्तु तथा घटनाको अभिलेख सत्य तथ्यमा आधारित हुनु पर्नेमा जोड दिनु भयो ।
इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले मानव अधिकारको विषय वस्तुलाई उजागर गर्न, पीडितको न्यायका लागि र दोषीलाई कानुनको दायरामा ल्याउन मानव अधिकार अनुगमन तथा प्रलेखिकरण आवश्यक रहेको बताउनु भयो । वाताबरणको सवाललाई पनि मानव अधिकारको दृष्टिकोणबाट मानव अधिकार रक्षकहरुले उठान गर्नुपर्नेमा उहाँले जोड दिनु भयो । वाताबरण विग्रिएका कारण मानिसको जनजिवन प्रभावित भइरहेकोले यसप्रति हामी सबै गम्भीर भएर सचेतनाका अभियान चलाउनुपर्ने उहाँले बताउनु भयो ।
महिला मानव अधिकार रक्षक सञ्जाल मधेश प्रदेश अध्यक्ष रेखा झाले मानव अधिकारकर्मीहरु सुझबुझका साथ स्थलगत अध्ययन गरेर घटनाको अभिलेख गरि पीडितको न्यायका लागि पहल गर्नुपर्नेमा जोड दिनु भयो ।
एडभोकेसी फोरम नेपालका प्रदेश संयोजक राजकुमार महासेठले मानव अधिकार घटनाको अनुगमन र अभिलेखिकरणको कार्य मानव अधिकार रक्षकहरुले गर्ने उल्लेख गर्नु हुँदै मानव अधिकार घटनाको अनुसन्धान कार्य राज्यका निकायले गर्ने बताउनु भयो ।
मानव अधिकारका सवालमा मानव अधिकारकर्मीहरुले घटनाको सत्य तथ्यको खोजि गरी अनुगमन र प्रलेखिकरण कार्य गर्नु पर्ने साथै इमानदारिता, गोपनियता र निष्पक्षता पनि ध्यान दिनुपर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा मानव अधिकारकर्मी कुलदिप शाहले मानव अधिकारको अनुगमनका प्रकार अनुगमनका सिद्धान्त अनुगमनकर्ता तथ्य सङ्कलन र अनुगमनका आधारभूत सिद्धान्तहरू सम्बन्धी तालिमद्वारा सिकेको बताए।
यो अभियान सबै को हो ,यसलाई निरन्तर रुपमा राख्नुहोला एकआपसमा सहकारी आवश्यक रहेकोले मानव अधिकार क्षेत्रमा काम गर्ने संघसंस्थाहरूलाई कोर्डिनेसन गरेर अगाडि बढ्न इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासमानले आग्रह समेत गरे।
उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेश कार्यालयका अधिकृत रेखादत्त, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका मानवअधिकारकर्मी र ईन्सेक का सिरहा ,सर्लाही , महोत्तरी ,रैतहट , धनुषा का जिल्ला प्रतिनिधिहरूको सहभागी रहेको थिए।
