८ बुँदे माग राख्दै पत्रकार यादवले वडा अध्यक्ष साहलाई पत्र बुझाए !!

न्युज टाईम्स टिभी डटकम डेस्क, १५ मंसिर २०८१, शुक्रवार
न्युज टाईम्स टिभी डटकमको कार्यकारी सम्पादक एवम् मानव अधिकारकर्मी सन्तोष कुमार यादवले अध्यन प्रयोजनका लागि सूचनाको हक प्रयोग गर्दै वडा कार्यालयमा दर्ता गराएको छ ।

४ वटा विद्यालयमा मंसिर १४ गते शुक्रबार ८ बुंदे माग राख्दै उनले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थाको वडा कार्यालयमा सूचना दर्ता गराएको हो । श्री राजर्षि जनक माध्यमिक विद्यालय कुर्था,श्री गायात्री प्रज्ञापीठ गुरुकुल कुर्था, आनन्द गुरुकुल कुर्था र श्री राष्ट्रिय निमावि कुर्थालाई उनले बोधार्य गरेका छन्।

वडाध्यक्ष राजनारायण शाहले सुचनाको पत्र बुझ्दै भने सबै विद्यालयहरूलाई शुक्रबार आजै पत्र काटी १५ दिनभित्र सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि उपलब्ध गराउने आश्वासन दिए ।

साथै, नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार उनले सूचनाको माग गरेको छ।

तपसिल अनुसार सुचना माग गरिएको छ।

१. आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ को शीर्षक सहितको आय-व्यय प्रतिवेदन
२. आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ को आयस्रोत/कार्यक्रम/आयोजना/क्रियाकलापको नाम र शीर्षक सहितको खर्च प्रतिवेदन (कुन कुन निकायबाट आएको बजेटहरूको विवरण )
३. बिधालयमा कार्यरत कर्मचारीहरुको संख्या, विवरण, नियुक्ति प्रक्रियाको कागजातहरु, आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ को पारिश्रमिक, भत्ता, सुविधाको विवरण र हाजिरी रजिष्टरको प्रतिलिपि
४. विद्यालयमा कति कक्षामा कति विद्यार्थी, नियमित रूपमा आउने विद्यार्थीको सङ्ख्या र शिक्षक/ शिक्षिका,कर्मचारी (स्थाय, दरबन्दी, राहत, निजी स्रोत) रहेको सङ्ख्या सहितको विवरण
५. बिधालयमा डोर हाजिरीमा कार्यरत कामदारहरुको संख्या, विवरण, कामको किसिम, अवधि, दर र आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ मा भुक्तानी भएको रकमको विवरण र डोर हाजिरी फारमको प्रतिलिप
६. बिधालयको नाममा रहेका विभिन्न चल-अचल सम्पतिहरुको विवरण र कागजातहरु
७. व्यवस्थापक समिति विहीन कहिलेदेखि थियो र व्यवस्थापक समिति गठन कहिले भयो सोको विवरण
८.बिधालयको नाममा विभिन्न बैङ्कहरुमा सञ्चालनमा रहेका खाताहरुको आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ को बैंक स्टेटमेन्ट

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *