हास्य कलाकार दिपेश शर्माको ‘ईहे नु हइ गढिमाई ‘बोलको गीत सार्वजनिक

मेवालाल यादव
न्युज टाईम्स डेस्क,रौतहट, २२ मंसिर २०८१, शनिवार

चन्दन प्रजापतिको स्वर रहेको ‘ईहे नु हइ गढिमाई ‘बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘ चन्दन प्रजापति औफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द अमोध गुप्ताले कोर्नुभएको हो भने गीतमा संगीत मुना मुस्कानले एरेन्ज गर्नु भएको छ। गढिमाईको नगर प्रमुख उपेन्द्र प्रसाद यादवको निर्माणमा बनेको ईहे नु हइ गढिमाई ‘बोलको गीतमा रौतहट जिल्लाका प्रख्यात युवा हास्य कलाकार दिपेश शर्मा र बिमला गुप्ताको अभिनय रहेको छ ।

रौतहट जिल्लाका प्रख्यात युवा हास्य कलाकार दिपेश शर्माको प्रस्तुति रहेको गढीमाईको महिमा झल्काउने सुमधुर भोजपुरी गीत हालै सार्वजनिक भएको छ। यो गीतले गढीमाई देवीको धार्मिक र सांस्कृतिक महत्वलाई प्रस्तुत गर्दै भक्तजनहरूलाई आकर्षित गर्ने प्रयास गरेको युवा हास्य कलाकार दिपेश शर्माले बताउनु भयो ।

गीतमा दिपेश शर्माको कलात्मक प्रस्तुतिसँगै स्थानीय संस्कृति, परम्परा, र धार्मिक विश्वासहरूको झल्को पाइन्छ। यसले गढीमाईको महिमा मात्र होइन, भक्तहरूको भावनालाई पनि समेटेको छ। गीतले नाचगान, धार्मिक गतिविधि, र सामूहिक श्रद्धाको झलक समेत प्रस्तुत गरेको छ।

यो गीत गढीमाई मन्दिरको महत्त्वलाई अझ बढी प्रचारप्रसार गर्न प्रेरणादायक हुने अपेक्षा गरिएको छ। गीत सार्वजनिक भएसँगै दर्शक-श्रोताहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *