प्रमोद शर्मा,
न्युज टाईम्स टिभी डेस्क – धनुषा | ५ माघ २०८१, शनिवार |
सबैला नगरपालिकाले स्थानीय युवा नीति पास गर्ने मेयर कारिराम यादवले प्रतिबध्ता ब्यक्त गर्नु भएको छ | स्थानीय युवा नीतिको सबालमा स्थानीय सरकारसँगको समन्वय बैठकमा वडा अधयक्ष र कार्यपालिका सदस्यहरुले स्थानीय युवा नीति पास गर्ने सहमति जनाएको छ | आज सरस्वती माध्यमिक विद्यालय, ठिल्लामा स्थानीय सरकारसँगको समन्वय बैठकमा सम्पन्न भएको छ। ड्राफ्ट गरिएका स्थानीय युवा नीतिलाई सेफ नेपालको परियोजना संयोजक बिनोद महराले प्रस्तुति गर्नु भएको थियो. सोहि ड्राफ्ट युवा नीति माथि छलफल भएको हो |
वडा अध्यक्ष सत्य नारायण यादवले प्रस्तुत गरिएको युवा यो पालिकाको लागि जरुरि रहेको बताउनु भएको छ | सबै उपमेयर र सबै वडा अधयक्षहरुको उपस्थितिमा बिस्तृत छलफल गरि पास गर्नु पर्ने वडा अधयक्ष राम नारायण अधिकारीले बताउनु भयो . यो ड्राफ्ट रहेको स्थानीय युवा नीति युवाहरु को लागि धेरै नै राम्रो र युवाहरु भबिस्य बनाउने खाल रहेको अर्को कार्यपालिकाको बैठक बाट पास गर्नु पर्ने कार्यपालिका सदस्य लाखिचान्द्र दासले बताउनु भयो |
बैठकमा नगरप्रमुख कारीराम यादव, वडा नं. ४ का वडाध्यक्ष सत्यनारायण यादव, वडा नं. १२ का वडाध्यक्ष रामनारायण अधिकारी, कार्यपालिका सदस्य लखिचन्द्र दास तथा अन्य कार्यपालिका सदस्यहरू निर्मला परियार, रिंकी कुमारी महरा, सिता यादब र सकिला खातुनको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता नगर युवा सञ्जालका अध्यक्ष तथा सञ्चारकर्मी प्रमोद शर्माले गर्नुभएको थियो। बैठकमा संस्था, परियोजना सम्बन्धी जानकारी सेफ नेपालका संयोजक तथा मानव अधिकारकर्मी बिनोद महराले प्रस्तुत गर्नुभयो।
युवा सञ्जालका सचिव अमृता राय,उपाध्यक्ष सर्वजीत यादव, सहसचिव नथुनी मुखिया, सदस्य अमृत कुमारी राउत, साथै अन्य सदस्यहरूको उपस्थितिमा बैठकले नगर स्तरका विभिन्न परियोजनाहरूमा समन्वय गर्ने प्रतिबद्धता जनायो।
बैठकले युवा सञ्जाल र नगर सरकारबीचको सहकार्यलाई प्रभावकारी बनाउँदै आगामी योजनाहरूमा सहभागीता बढाउने निर्णय समेत गरेको छ।