सामूहिक बलात्कार घटनाका आरोपितहररू विरुद्ध उजुरी

न्युज टाईम्स टिभी डेस्क, महोत्तरी, ०८१ चैत २५ गते, सोमबार

सात वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना १५ वर्षीय बालकविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा चैत २३ गते उजुरी दिनुभएको छ ।

बालिकालाई आरोपितद्वयले ०८१ चैत २२ गते घरबाट नजिकै तटबंधमा लगि बलात्कार गरेको पीडितका बुबाले बताउनु भयो ।

बालिकाका बुबाका अनुसार चैत २२ गते दिउँसो कामबाट खाना खान घर फर्किदै गर्दा आरोपितद्वयले एक जना बालिकालाई कपडाले मुख छोपेर लग्दै गरेको देखेको भए तापनि उनीहरूकै आफ्नो आफन्त कोही होला भनि बेवास्ता गरियो ।

तर, घर पुग्दा आफ्नी छोरीलाई नदेखेपछि मनमा चिसो पस्यो र खोज्दै जाँदा आरोपितहरूले घिसार्दै लगेको अरु कोही नभई आफ्नै छोरी रहेको पीडितका बुबाले बताउनु भयो । उहाँले भन्नु भयो छोरी निर्वस्त्र अवस्थामा रुँदै थिइन् ।

त्यसैगरी, घटनास्थलमै रहेका एक जना आरोपितलाई लौरोले हिर्काउँदा उनको खुट्टामा चोट लागेको थियो र अर्का आरोतिप त्यहाबाट भागेको पीडितका बुबाको भनाइ रहेको छ । साथै आरोपित बालकलाई कुटपिट गर्दा उनको खुट्टा भाच्चिएको भन्दै बलवा प्रहरी चौकीले आफूलाई हथ्कडी लगाएर थूनामा राखेको पीडितको बुबाको आरोप रहेको छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका डीएसपी सन्तुलाल प्रसाद जयसवारले जिल्लामा घटना बारे खबर आउना साथ चैत २२ गते नै टोली खटाई पीडित बालिकालाई प्रादेशिक अस्पताल जलेश्वरमा ल्याई स्वास्थ्य परीक्षणको प्रक्रिया अगाडि बढाएको बताउनु भयो ।

डीएसपी जयसवारले खुट्टा भाचिएको भनिएका आरोपितको प्रादेशिक अस्पताल जलेश्वरमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ र अर्का आरोपित पनि प्रहरीको नियन्त्रणमा रहेको बताउनु भयो ।

पीडित पक्षलाई नै स्थानीय प्रहरी चौकीले दिनभरी थुनेर राखेको भन्ने विषयमा जानकारी भएको र यस बारे सुक्ष्म अनुसन्धान गरी प्रहरी दोषी देखिए विभागीय कारवाही गर्ने डिएसपी जयसवारले बताउनु भयो ।

ममता विश्वकर्मा

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *